यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अमर आत्मा
यूहन्ना 5 : 28 – 29
28 “यसमा अचम्म नमान, किनभने समय आइरहेछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्,
29 र बाहिर निस्किआउनेछन्: सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, र कुकर्म गर्नेहरूचाहिँ दण्डाज्ञाको पुनरुत्थानको निम्ति।
रोमी 6 : 23
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
१ कोरिन्थी 15 : 53
53 किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ।
इजकिएल 18 : 4
4 किनकि हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै एकैजस्तै मेरा हुन्। जुन प्राणले पाप गर्छ, त्यही मर्छ।
यूहन्ना 3 : 13
13 स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन।
उपदेशक 12 : 7
7 जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर।
प्रकाश 20 : 14
14 मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।
रोमी 2 : 7
7 धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ।
भजनसंग्रह 146 : 4
4 जब तिनीहरूको आत्मा निस्कन्छ, तिनीहरू माटोमा मिलिहाल्छन्। त्यही दिन तिनीहरूका योजनाहरू पनि नष्ट हुन्छन्।
उपदेशक 9 : 5
5 किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्झना पनि लोप हुन्छ।
१ कोरिन्थी 15 : 51 – 58
51 हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ,
52 एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।
53 किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ।
54 जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।”
55 “ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?”
56 मृत्युको खील पाप हो, र पापको शक्ति व्यवस्था हो।
57 तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
58 यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
२ तिमोथी 1 : 10
10 जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ। उहाँले मृत्युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्याउनुभयो।
Leave a Reply