बाढी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाढी

उत्‍पत्ति 6 : 17
17 जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्‍वीमा जलप्रलय ल्‍याउनेछु, र पृथ्‍वीमा भएको हरेक प्राणी मर्नेछ।

२ पत्रुस 2 : 5
5 उहाँले प्राचीन संसारलाई बाँकी राख्‍नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्‍नुभयो।

भजनसंग्रह 107 : 25 – 30
25 किनभने उहाँले आज्ञा गर्नुभयो, र प्रचण्‍ड आँधी चलाउनुभयो, जसले सागरका छालहरू उठाए।
26 तिनीहरू आकाशसम्‍मै चढ़ेर गए, र फेरि सागरको गहिराइमा झरे, तिनीहरूको क्‍लेशमा तिनीहरूको साहस गलेर गयो।
27 तिनीहरू मतवालाजस्‍तै रन्‍थनिएर धरमराउँदैथिए, र तिनीहरूको अक्‍कल गुम भयो।
28 तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो।
29 उहाँले आँधीलाई शान्‍त गराउनुभयो, र सागरका छालहरू स्‍थिर भए।
30 आँधी शान्‍त भएपछि तिनीहरू खुशी भए, र उहाँले तिनीहरूले चाहेका बन्‍दरगाहमा पुर्‍याउनुभयो।

मत्ती 24 : 44
44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।

लूका 17 : 26
26 “नोआको दिनमा जस्‍तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्‍यस्‍तै हुनेछ।

लूका 17 : 27
27 नोआ जहाजभित्र प्रवेश नहोउञ्‍जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्‍ट पार्‍यो।

उत्‍पत्ति 8 : 20
20 अनि नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्‍येबाट लिई होमबलि चढ़ाए।

प्रेरित 17 : 30 – 31
30 यस्‍तो अज्ञानताका समयलाई परमेश्‍वरले ध्‍यान दिनुभएन, तर अब प्रत्‍येक ठाउँमा सब मानिसहरूलाई पश्‍चात्ताप गर्ने आज्ञा दिनुहुन्‍छ।
31 किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्‍यक्तिद्वारा धार्मिकतामा संसारको इन्‍साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *