यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाइबल अध्ययन गर्दै
२ तिमोथी 3 : 16 – 17
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
17 ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।
२ तिमोथी 3 : 14 – 17
14 तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ।
15 तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ।
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
17 ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।
भजनसंग्रह 119 : 11
11 तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।
२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।
यहोशू 1 : 8
8 व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
हितोपदेश 3 : 1 – 2
1 हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख्।
2 किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्पन्नता ल्याउनेछन्।
भजनसंग्रह 119 : 18
18 मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूँ।
भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो।
व्यवस्था 11 : 18 – 23
18 तिमीहरूले मेरा यी वचनहरू आफ्ना मन र हृदयमा राख। ती आफ्ना हातमा र निधारमा चिन्हहरू स्वरूप बाँध।
19 आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्ना छोराछोरीहरूलाई सिकाओ।
20 आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख,
21 ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्तानहरू पृथ्वीमाथि आकाश रहुञ्जेल चिरायु होऊन्।
22 परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँलाई समातिराख्न भनी मैले तिमीहरूलाई मान्नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्यौ भने,
23 परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ।
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
भजनसंग्रह 119 : 9
9 जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।
प्रेरित 17 : 11
11 यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे।
२ तिमोथी 3 : 1 – 17
1 तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्।
2 किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,
3 स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने,
4 विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने,
5 भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस।
6 किनभने तिनीहरूमध्ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्न मनोभावको कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्ना अधीनमा पार्छन्।
7 जुन स्त्रीहरू सिक्न त सधैँ सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्।
8 यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेजस्तै, यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यी मानिसहरू भ्रष्ट दिमागका र नक्कली विश्वासका हुन्छन्।
9 तर तिनीहरू अझ धेरै टिक्न सक्नेछैनन्, किनकि ती दुई मानिसको जस्तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।
10 अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देखेका छौ,
11 मेरा सतावटहरू र मेरा कष्टहरू एन्टिओखियामा, आइकोनियनमा र लुस्त्रामा ममाथि के पर्न आयो र कस्ता-कस्ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो।
12 ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,
13 तर दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्ट हुँदैजानेछन्।
14 तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ।
15 तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ।
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
17 ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।
प्रेरित 8 : 30
30 फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?”
१ यूहन्ना 2 : 27
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो।
एफिसी 6 : 11 – 17
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर।
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
13 यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।
14 यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16 साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
यूहन्ना 1 : 1
1 आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
यूहन्ना 13 : 17
17 यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने, तिमीहरू धन्य हुनेछौ।
लूका 4 : 4
4 येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।”
Leave a Reply