यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बहिष्कार
मर्कूस 16 : 16 – 18
16 विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।
17 विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्,
18 तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।
१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
एफिसी 6 : 10 – 18
10 अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ।
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर।
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
13 यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।
14 यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16 साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।
लूका 10 : 19
19 मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।
प्रेरित 19 : 11 – 12
11 परमेश्वरले पावलको हातबाट असाधारण आश्चर्य कामहरू गर्नुभयो,
12 यहाँसम्म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्थे, र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्टात्मा पनि निस्कन्थे।
प्रेरित 19 : 15
15 तब भूतात्माले जवाफ दिएर तिनीहरूलाई भन्यो, “येशूलाई म चिन्छु, र पावललाई पनि म चिन्छु, तर तिमीहरूचाहिँ को हौ?”
मर्कूस 9 : 38
38 यूहन्नाले उहाँलाई भने, “गुरुज्यू, एक जना मान्छेले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं। हामीले त्यसलाई त्यसो गर्न मनाही गर्यौं, किनकि त्यो हामीलाई पछ्याउने मान्छे होइन।”
एफिसी 6 : 13
13 यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।
प्रेरित 19 : 12
12 यहाँसम्म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्थे, र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्टात्मा पनि निस्कन्थे।
लूका 9 : 42
42 तर त्यो आउँदाआउँदै भूतात्माले त्यसलाई पछारिहाल्यो, र ऐँठ्न लाग्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हकार्नुभयो, र त्यस बालकलाई निको पारेर त्यसका बाबुलाई सुम्पिदिनुभयो।
लूका 11 : 20
20 तर परमेश्वरको औँलाले म भूतहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।
लूका 4 : 33 – 36
33 सभाघरमा अशुद्ध भूतात्मा लागेको एक जना मानिस थियो, र त्यो चर्को सोरले चिच्च्यायो,
34 “हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
35 अनि येशूले त्यसलाई हकारेर भन्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।” त्यस मानिसलाई बीचमा पछारेर त्यसलाई केही हानि नगरिकन त्यो भूतात्मा त्यसबाट निस्केर गयो।
36 तब तिनीहरू सबै छक्क परे, र आपसमा यसो भने, “यो कस्तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्दछन्, र ती निस्किजान्छन्।”
मर्कूस 5 : 13
13 तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो, र अशुद्ध आत्माहरू बाहिर निस्केर सुँगुरहरूभित्र पसे, अनि करीब दुई हजार सुँगुरको त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैगए, र समुद्रमा डुबेर मरे।
लूका 9 : 49 – 50
49 तब यूहन्नाले भने, “गुरुज्यू, एक जनाले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं, र हामीले त्यसलाई मनाही गर्यौं। किनकि त्यसले हामीहरूसँग तपाईंको अनुसरण गर्दैन।”
50 तर येशूले तिनलाई भन्नुभयो, “तिनलाई मनाही नगर। किनभने जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
मर्कूस 5 : 8
8 किनकि उहाँले त्यसलाई भन्नुभएको थियो, “ए अशुद्ध आत्मा, त्यस मानिसबाट निस्किआइज।”
१ पत्रुस 3 : 18 – 22
18 किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति— तर आत्माद्वारा जीवित पारिनुभयो।
19 यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो।
20 ती आत्माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्यस जहाजमा थोरै, अर्थात् आठ जना मात्र पानीद्वारा बचाइए।
21 यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ।
22 उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ।
मर्कूस 9 : 17 – 29
17 भीड़बाट एक जनाले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मेरो छोरालाई गूँगो पार्ने आत्मा लागेको छ, र तपाईंकहाँ ल्याएको छु।
18 जब यसले मेरो छोरालाई पक्रन्छ, त्यसलाई भूइँमा पछार्छ, र त्यसले मुखबाट फीँज काढ्छ, र त्यसले दाह्रा किट्न लाग्छ, र त्यो अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई त्यो भूतात्मा निकालिदेऊन् भनी बिन्ती गरें, तर तिनीहरूले सकेनन्।”
19 तब उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहुँला? तिमीहरूलाई कति सहूँ? त्यसलाई मकहाँ ल्याओ।”
20 तिनीहरूले त्यस केटालाई उहाँकहाँ ल्याए। येशूलाई देख्ने बित्तिकै त्यस आत्माले केटालाई लछारपछार पार्यो, र त्यो भूइँमा पछारिएर फीँज काढ्दै लड़ीबड़ी गर्न लाग्यो।
21 उहाँले त्यसका बाबुलाई सोध्नुभयो, “कहिलेदेखि यसलाई यस्तो भएको हो?” तिनले भने, “बाल्यकालदेखि नै।
22 यसलाई नाश गर्न त्यस आत्माले घरीघरी यसलाई आगो र पानीमा पनि फालेको छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने, दया गरी हामीलाई मद्दत गरिदिनुहोस्।”
23 येशूले तिनलाई भन्नुभयो, “‘तपाईंले सक्नुहुन्छ!’ भनी के भनेको? विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ।”
24 तब झट्टै केटाको बाबुले कराएर भने, “म विश्वास गर्दछु। मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।”
25 तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हप्काउनुभयो, “ए गूँगो र बहिरो आत्मा, म तँलाई हुकुम गर्दछु, त्यसबाट निस्केर आइज, र फेरि कहिल्यै त्यसभित्र नपस्।”
26 अनि चिच्च्याएर त्यस केटालाई साह्रै लछारपछार पारी त्यो आत्मा निस्क्यो, र त्यो केटो मुर्दासरि भयो, यहाँसम्म कि धेरैले त त्यो मरेछ भनी ठाने।
27 तर येशूले त्यसको हात समातेर त्यसलाई जुरुक्क उठाउनुभयो, र त्यो उठ्यो।
28 अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, “हामीले त्यसलाई किन निकाल्न सकेनौं?”
29 उहाँले तिनीहरूलाई भन्नुभयो, “यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।”
मर्कूस 1 : 25
25 तर येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।”
रोमी 6 : 3 – 4
3 के तिमीहरू जान्दैनौ हामी सबै, जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं?
4 यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।
Leave a Reply