बहादुरी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बहादुरी

२ तिमोथी 1 : 7
7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

१ कोरिन्थी 16 : 13
13 सतर्क रहो, विश्‍वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन।

१ इतिहास 28 : 20
20 दाऊदले आफ्‍ना छोरा सोलोमनलाई यसो पनि भने, “बलिया र आँटिला होऊ र यो काम गर। नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुनेछ। परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै चाहिँदो काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई निराश तुल्‍याउनुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ।

फिलिप्पी 1 : 28
28 र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो।

व्यवस्था 31 : 6
6 बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूसँग जानुहुन्‍छ। उहाँले तिमीहरूलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ।”

रोमी 8 : 26 – 27
26 त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।
27 र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्‍माको विचार के हो सो जान्‍नुहुन्‍छ, किनकि परमेश्‍वरको इच्‍छाअनुसार पवित्र आत्‍माले सन्‍तहरूका निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।

भजनसंग्रह 29 : 1 – 11
1 दाऊदको भजन [1] हे परमेश्‍वरका बलिष्‍ठ हो, परमप्रभुकै गुणानुवाद गर, परमप्रभुलाई महिमा र शक्तिको श्रेय देओ।
2 परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देओ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर।
3 परमप्रभुको वाणी पानीहरूमाथि छ, महिमाका परमेश्‍वर गर्जनुहुन्‍छ, परमप्रभु शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्‍छ।
4 परमप्रभुको वाणी शक्तिशाली छ, परमप्रभुको आवाज प्रतापी छ।
5 परमप्रभुको आवाजले देवदारुहरू भाँचिन्‍छन्‌। परमप्रभुले लेबनानका देवदारुहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ।
6 उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्‍तै, र सिरिओन पर्वतलाई [1] जङ्गली साँढ़ेजस्‍तै उफार्नुहुन्‍छ।
7 परमप्रभुको वाणीले बिजुलीका चमकसहित प्रहार गर्छ।
8 परमप्रभुको वाणीले मरुभूमिलाई हल्‍लाउँछ, परमप्रभुले कादेशको मरुभूमिलाई कम्‍पित पार्दछ।
9 परमप्रभुको वाणीले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्‍छ, र जङ्गल लाछलुछ पारेर उजाड तुल्‍याउँदछ। अनि उहाँको मन्‍दिरमा सबै “महिमा!” भन्‍दै कराउँछन्‌।
10 परमप्रभु बाढ़ीमाथि विराजमान हुनुहुन्‍छ। परमप्रभु सदासर्वदा राजाजस्‍तै सिंहासनमा विराजमान हुनुहुन्‍छ।
11 परमप्रभुले आफ्‍ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्‍छ, परमप्रभु आफ्‍ना मानिसहरूलाई शान्‍तिको वरदान दिनुहुन्‍छ।

मत्ती 28 : 20
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

२ तिमोथी 4 : 22
22 प्रभु तिम्रो आत्‍मासँग रहून्‌। तिमीसित अनुग्रह रहोस्‌।

अय्‍यूब 23 : 10
10 तर मैले लिएको बाटो उहाँ जान्‍नुहुन्‍छ। उहाँले मलाई जाँच गर्नुहुँदा म खारिएको सुनझैँ ठहरिनेछु।

१ कोरिन्थी 2 : 3
3 म तिमीहरूकहाँ दुर्बलतामा र ज्‍यादै डर र कम्‍पसाथ आएँ।

१ पत्रुस 5 : 2 – 5
2 तिमीहरूको रेखदेखमा राखिएको परमेश्‍वरका बगालको हेरचाह गर। करले होइन तर स्‍वेच्‍छाले, धनको लोभले होइन तर उत्‍साहसाथ,
3 तिमीहरूको जिम्‍मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्‍ति उदाहरण भएर।
4 र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्‍त गर्नेछौ।
5 त्‍यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्‍त्र धारण गर। किनभने, “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”

यहोशू 1 : 9
9 तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”

१ पत्रुस 1 : 2
2 येशू ख्रीष्‍टको आज्ञापालन र उहाँका रगतको छिट्‌काइको निम्‍ति पवित्र आत्‍माद्वारा शुद्ध भई परमेश्‍वर पिताद्वारा उहाँको पूर्वज्ञानअनुसार चुनिएकाहरूलाई: अनुग्रह र शान्‍ति प्रशस्‍त हुँदैजाओस्‌।

हितोपदेश 1 : 7
7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले [1] बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।

तीतस 3 : 10
10 फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्‍ट चेताउनी दिएपछि त्‍यससँग अरू कुनै सरोकार नराख,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *