फुटस्टूल, लाक्षणिक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फुटस्टूल, लाक्षणिक

यशैया 60 : 13
13 “लेबनानको गौरव तँकहाँ आउनेछ— सल्‍लोहरू र धूपीका रूखसमेत मेरो पवित्रस्‍थान सुन्‍दर बनाउनलाई आउनेछन्, र म मेरो चरणको स्‍थानलाई गौरवमय बनाउनेछु।

यशैया 66 : 1
1 परमप्रभु यसो भन्‍नुहुन्‍छ, “स्‍वर्ग मेरो सिंहासन हो, र पृथ्‍वीचाहिँ मेरो पाउदान हो। मेरो निम्‍ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ?

विलाप 2 : 1
1 परमप्रभुले आफ्‍नो रीसमा सियोनकी छोरीलाई कसरी घोर अन्‍धकारले ढाकिदिनुभएको छ! इस्राएलको गौरवलाई उहाँले आकाशदेखि पृथ्‍वीमा खसालिदिनुभएको छ। उहाँले आफ्‍नो रीसको दिनमा आफ्‍नो पाउदान, सियोनलाई पनि सम्‍झनुभएको छैन।

प्रेरित 7 : 49
49 ‘मेरो सिंहासन स्‍वर्ग हो, र पृथ्‍वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्‍ति कस्‍तो भवन बनाउने हो? परमप्रभु भन्‍नुहुन्‍छ, मेरो विश्रामको ठाउँ कुन हो?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *