यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फिलिप्पी
प्रेरित 16 : 40
40 तिनीहरू झ्यालखानबाट बाहिर निस्केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्साहन दिई बिदा भए।
प्रेरित 20 : 6
6 तब हामीचाहिँ अखमिरी रोटीको चाड़का दिनहरूपछि फिलिप्पीबाट जहाजमा यात्रा गरी पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं, र त्यहाँ सात दिन रह्यौं।
१ थेसलोनिकी 2 : 2
2 हामीले अघिबाटै फिलिप्पीमा कष्ट भोग्यौं र अपमानित भयौं भन्ने कुरा तिमीहरूलाई थाहा छ, तर घोर विरोध छँदाछँदै पनि परमेश्वरको सुसमाचार प्रचार गर्न हामीलाई परमेश्वरमा साहस मिलेको थियो।
फिलिप्पी 4 : 18
18 मैले पाउनुपर्नेभन्दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्ना भएको, र परमेश्वरलाई मनपर्दो र ग्रहणयोग्य बलिदान पाएर म तृप्त भएको छु।
फिलिप्पी 2 : 25
25 इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्यक ठानेको छु,
फिलिप्पी 1 : 1
1 ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा फिलिप्पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्तहरूलाई:
Leave a Reply