यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्लेग
भजनसंग्रह 135 : 9
9 हे मिश्रदेश, उहाँले तेरै बीचमा, फारो र उनका सारा कर्मचारीहरूका सामुन्ने चिन्ह र आश्चर्य कामहरू पठाउनुभयो।
प्रेरित 7 : 36
36 यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्थानमा उदेकका काम र चिन्हहरू गरिकन तिनीहरूलाई बाहिर ल्याए।
प्रस्थान 7 : 25
25 परमप्रभुको प्रहार नदीमाथि सात दिन रह्यो।
प्रस्थान 8 : 15
15 तर जब फारोले सबै शान्त भएका देखे, तब परमप्रभुले भन्नुभएझैँ उनले आफ्नो हृदय कठोर पारे, र मोशा र हारूनका कुरा सुनेनन्।
प्रस्थान 8 : 19
19 तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्वरकै हात छ।” तर परमप्रभुले भन्नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्।
प्रस्थान 8 : 20
20 फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो। त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे।
प्रस्थान 9 : 7
7 फारोले सो हेर्नलाई मानिसहरू पठाए, तर इस्राएलीहरूका गाईबस्तुहरूमध्येको एउटै पनि मरेको उनीहरूले देखेनन्। तापनि फारोको हृदय कठोर भई नै रह्यो, र उनले मानिसहरूलाई जान दिएनन्।
प्रस्थान 9 : 12
12 तर परमप्रभुले फारोको हृदय कठोर गराउनुभयो, र परमप्रभुले मोशालाई भन्नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्।
प्रस्थान 9 : 34
34 तर जब फारोले पानी, असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्ता पाप गरे, र उनले र उनका अधिकारीहरूले आफ्ना हृदय कठोर गरे।
प्रस्थान 10 : 20
20 तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्।
प्रस्थान 10 : 23
23 तीन दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्यालै रह्यो।
प्रस्थान 11 : 7
7 तर पशुको विरुद्धमा होस् वा मान्छेको विरुद्धमा होस् इस्राएलीहरूका बीचमा एउटा कुकुर पनि भुक्नेछैन’। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा भेद राख्नुहुन्छ।
प्रस्थान 12 : 17
17 “तिमीहरूले अखमिरी रोटीको चाड़ मान्नू, किनकि यही दिनमा नै मैले तिमीहरूका दल-दललाई मिश्रबाट ल्याएको हुँ। यसकारण त्यो दिन तिमीहरूले पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू।
प्रस्थान 12 : 30
30 फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्यहाँ एउटा नमरेको कुनै घर थिएन।
Leave a Reply