यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रेमीहरू
उत्पत्ति 24 : 67
67 इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए।
उत्पत्ति 29 : 20
20 यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो।
उत्पत्ति 29 : 30
30 तिनले लेआलाई भन्दा राहेललाई बढ़ी प्रेम गर्थे, र अर्को सात साल याकूबले लाबानको सेवा गरे।
उत्पत्ति 34 : 3
3 उनको मन याकूबकी छोरी दीनातर्फ बस्यो। उनले ती कन्यासित प्रेम गरेर मीठा-मीठा कुरा गरे।
उत्पत्ति 34 : 12
12 दाइजो र विवाहको उपहार जत्तिसुकै भन्नुहुन्छ माग्नुहोस्, र तपाईंहरूले भन्नुभएबमोजिम म दिनेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्।”
Leave a Reply