प्रेम सम्बन्धहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रेम सम्बन्धहरू

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

१ यूहन्‍ना 4 : 16
16 यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ।

गलाती 5 : 22 – 23
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

मत्ती 22 : 37 – 40
37 उहाँले तिनलाई भन्‍नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू।
38 महान्‌ र प्रथम आज्ञा यही हो।
39 दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू।
40 सारा व्‍यवस्‍था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्‌।”

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

मर्कूस 12 : 31
31 दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।’ योभन्‍दा ठूलो आज्ञा अर्को छैन।”

यूहन्‍ना 13 : 34 – 35
34 “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर।
35 यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”

रोमी 13 : 1
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।

मत्ती 5 : 43 – 48
43 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’
44 तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,
45 र तिमीहरू स्‍वर्गमा हुनुहुने आफ्‍ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्‍ट र सज्‍जन दुवैलाई सूर्यको ताप दिनुहुन्‍छ, र धर्मी र पापी दुवैलाई वृष्‍टि दिनुहुन्‍छ।
46 किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्‍यसै गर्दैनन्‌ र?
47 तिमीहरूले आफ्‍ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्‍दा बढ़ी के गर्‍यौ र? के अन्‍यजातिहरूले पनि त्‍यसै गर्दैनन्‌ र?
48 यसकारण जस्‍तो तिमीहरूका स्‍वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै सिद्ध हुनुपर्दछ।”

रोमी 13 : 8 – 10
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।

एफिसी 6 : 1
1 छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।

रोमी 12 : 9 – 21
9 प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो।
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर।
11 जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।
12 आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।
13 सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।
14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।
15 आनन्‍द गर्नेहरूसँग आनन्‍द गर। रुनेहरूसँग रोओ।
16 एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्‍यै अहङ्कारी नहोओ।
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ।
18 हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिमीले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

भजनसंग्रह 1 : 1 – 6
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।
4 दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।
5 यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।
6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।

मत्ती 22 : 1 – 46
1 येशूले फेरि तिनीहरूलाई दृष्‍टान्‍तहरूमा भन्‍नुभयो,
2 “स्‍वर्गको राज्‍यलाई एक जना राजासँग तुलना गर्न सकिन्‍छ, जसले आफ्‍नो छोराको विवाह-भोज तयार गरे,
3 र भोजमा निमन्‍त्रित व्‍यक्तिहरू बोलाउन भनी आफ्‍ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्‌।
4 “फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्‍त्रित व्‍यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्‌। विवाह-भोजमा आउनुहोस्‌।’
5 “तर तिनीहरूले वास्‍तै नगरी एउटा आफ्‍नो खेतबारीतिर, अर्को आफ्‍नो व्‍यापारतिर लागे।
6 बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्‍यवहार गरे र तिनीहरूलाई मारे।
7 तब राजा क्रोधित भए, र आफ्‍ना फौजहरू पठाईकन ती हत्‍याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए।
8 “तब तिनले आफ्‍ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्‍त्‍याइएकाहरू योग्‍य भएनन्‌।
9 यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्‍तो देओ।’
10 तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्‍ट र असल दुवैलाई, जम्‍मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो।
11 “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे।
12 तिनले त्‍यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्‍यो निरुत्तर भयो।
13 “तब राजाले सेवकहरूलाई भने, ‘त्‍यसका हात-खुट्टा बाँधेर त्‍यसलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’
14 किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्‌।”
15 तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे।
16 तिनीहरूले आफ्‍ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं सत्‍य हुनुहुन्‍छ, र परमेश्‍वरको मार्ग साँचो गरी सिकाउनुहुन्‍छ, र तपाईं कसैको भय मान्‍नुहुन्‍न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्‍न।
17 यसकारण हामीलाई भन्‍नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन?”
18 तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्‍नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्‍दछौ?
19 कर तिर्ने सिक्‍का मलाई देखाओ।” अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्‍का ल्‍याए।
20 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?”
21 तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ ती परमेश्‍वरलाई देओ।”
22 यो सुनेर तिनीहरू चकित भए, र उहाँलाई छोड़ेर गइहाले।
23 मृतकहरूको पुनरुत्‍थान हुँदैन भन्‍ने सदुकीहरू त्‍यसै दिन उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई यो प्रश्‍न गरे,
24 “गुरुज्‍यू, मोशाले भनेका छन्, कोही मानिस निस्‍सन्‍तान मर्‍यो भने उसको भाइचाहिँले दाजुकी पत्‍नीलाई विवाह गरेर दाजुको सन्‍तान खड़ा गर्नुपर्छ।
25 हाम्रा बीचमा सात दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्‍यो, र सन्‍तान नभएकोले उसको भाइको निम्‍ति पत्नी छोड़ेर गयो।
26 उसै गरी माहिलाले र साहिँलाले पनि, र सातौँसम्‍मले त्‍यसै गरे।
27 तिनीहरू सबै मरेपछि त्‍यस स्‍त्रीको पनि मृत्‍यु भयो।
28 यसकारण मृतकहरूको पुनरुत्‍थान हुँदा ती सातै जनामध्‍ये त्‍यो स्‍त्री कसकी पत्‍नी हुनेछ? किनभने त्‍यो सबैकी पत्‍नी भइसकेकी थिई।”
29 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्‍त्र र परमेश्‍वरको शक्ति जान्‍दैनौ।
30 किनकि मृतकहरूको पुनरुत्‍थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्‍छन्, तर तिनीहरू स्‍वर्गका स्‍वर्गदूतहरूजस्‍ता हुन्‍छन्‌।
31 तर मृतकहरूका पुनरुत्‍थानको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, त्‍यो तिमीहरूले पढ़ेका छैनौ?
32 ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।’ परमेश्‍वर मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्‍छ।”
33 यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्‍क परे।
34 उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए।
35 तिनीहरूमध्‍ये एक जना व्‍यवस्‍थाका अध्‍यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे,
36 “गुरुज्‍यू, व्‍यवस्‍थामा महान्‌ आज्ञा कुन हो?”
37 उहाँले तिनलाई भन्‍नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू।
38 महान्‌ र प्रथम आज्ञा यही हो।
39 दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू।
40 सारा व्‍यवस्‍था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्‌।”
41 जब फरिसीहरू भेला भएका थिए, तब येशूले तिनीहरूलाई एउटा प्रश्‍न गर्नुभयो,
42 “ख्रीष्‍टको विषयमा तिमीहरू के ठान्‍छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।”
43 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसो भए दाऊदले आत्‍मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्‍छन्‌? उनी भन्‍छन्,
44 ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्‍दिनँ’।”
45 यदि दाऊदले उसलाई प्रभु भन्‍दछन्‌ भने, ऊ कसरी तिनको पुत्र हुन्‍छ र?”
46 अनि कसैले पनि जवाफमा एक वचन बोल्‍न सकेन। त्‍यस दिनदेखि कसैलाई उहाँसँग प्रश्‍न सोध्‍ने आँट भएन।

गलाती 6 : 9
9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *