यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रार्थनाविहीनता
अय्यूब 15 : 4
4 तर तपाईं ता मानिसहरूलाई परमेश्वरको भय मान्नलाई बाधा दिनुहुन्छ, र परमेश्वरप्रतिको भक्तिमा क्षति पुर्याउनुहुन्छ।
अय्यूब 21 : 15
15 सर्वशक्तिमान् को हो र हामी उहाँको आराधना गरौं? उहाँसँग प्रार्थना गरेर हामीले के पाउँछौं र?
अय्यूब 27 : 10
10 के त्यसले सर्वशक्तिमान्बाट आनन्द पाउँछ? र हर समय उहाँको नाउँको पुकारा गर्छ र?
भजनसंग्रह 14 : 4
4 के दुष्ट काम गर्नेहरूले कहिल्यै सिक्नेछैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्, अनि परमप्रभुलाई पुकार्दैनन्।
भजनसंग्रह 53 : 4
4 के दुष्ट काम गर्नेहरूले कहिल्यै सिक्नेछैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्, र परमेश्वरको पुकारा गर्दैनन्।
भजनसंग्रह 79 : 6
6 ती जातिहरू जसले तपाईंलाई स्वीकार गर्दैनन्, ती राज्यहरू जसले तपाईंलाई पुकार्दैनन्, तिनीहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्।
यशैया 43 : 22
22 “तापनि हे याकूब, तैंले मलाई पुकारा गरेको छैनस्। हे इस्राएल, तँ मेरो निम्ति थकित भएको छैनस्।
यशैया 64 : 7
7 तपाईंको नाउँ लिने कोही पनि छैन, तपाईंलाई समात्न कसैले प्रयत्न गर्दैन, किनकि तपाईंले आफ्नो मुख हामीदेखि लुकाउनुभएको छ, र हाम्रा पापले गर्दा बेकम्मा पार्नुभएको छ।
यर्मिया 10 : 21
21 गोठालाहरू निर्बुद्धि छन्, र परमप्रभुलाई सोधपूछ गर्दैनन्। यसैकारण तिनीहरू सफल हुँदैनन्, र तिनीहरूका सबै बगाल तितरबितर भएका छन्।
यर्मिया 10 : 25
25 तपाईंलाई स्वीकार नगर्ने जाति-जातिहरूमाथि र तपाईंको नाउँ नलिने मानिसहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्। किनकि उनीहरूले याकूबलाई स्वाहा पारेका छन्। उनीहरूले तिनलाई पूर्ण रूपले निलेका छन्, र तिनको जन्मभूमिलाई उजाड़ पारिदिएका छन्।
दानिएल 9 : 13
13 मोशाको व्यवस्थामा लेखिएजस्तै यी सबै विपत्ति हामीमाथि आएका छन्, तैपनि आफ्ना पापदेखि फर्की तपाईंको सत्यतालाई ध्यान दिएर हामीले परमप्रभु हाम्रा परमेश्वरको कृपा खोजेका छैनौं।
होशे 7 : 7
7 तिनीहरू सबै तन्दुरझैँ तातिन्छन्, तिनीहरूले आफ्ना शासकहरूलाई भस्म पार्छन्। तिनीहरूका सबै राजाहरू मारिन्छन्, अनि उनीहरूमध्ये कसैले पनि मेरो पुकारा गर्दैन।
योना 1 : 6
6 जहाजका कप्तान तिनीकहाँ आएर भने, “कसरी सुत्न सकेको! उठेर तिम्रा परमेश्वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।”
सपन्याह 1 : 6
6 परमप्रभुको पछि लाग्न छोड़ेर फर्किजानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने न त उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्ट पार्नेछु।
Leave a Reply