यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रतिस्थापन
प्रस्थान 28 : 38
38 हारूनको निधारमा त्यो होस्, र इस्राएलीहरूले जे-जति पवित्र भेटी चढ़ाउँछन्, ती पवित्र थोकहरूको दोष हारूनले बोकोस्। त्यो निरन्तर त्यसको निधारमा रहनेछ। यसरी ती भेटीहरू परमप्रभुको सामु ग्रहण हुन सकून्।”
लेवीहरू 1 : 4
4 त्यसले होमबलिको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यो त्यसको प्रायश्चितको लागि ग्रहणयोग्य हुनेछ।
लेवीहरू 16 : 22
22 यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्यस मानिसले त्यस बोकालाई उजाड़-स्थानमा छोड़िदेओस्।
गन्ती 3 : 12
12 “इस्राएलीहरूमा पहिले जन्मेर गर्भ खोल्ने पुरुषहरू सबैका सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूका बीचबाट लिएको छु। यसैले लेवीहरू मेरै हुन्,
गन्ती 3 : 41
41 इस्राएलीहरूका जेठाहरूका सट्टामा तैंले लेवीहरूलाई ले। यसरी नै इस्राएलीहरूका गाईबस्तुका पहिले बियाएकाहरूका सट्टामा लेवीहरूका गाईबस्तु ले। म परमप्रभु हुँ।”
गन्ती 3 : 45
45 “इस्राएलीहरूका जेठा छोराहरूका सट्टामा लेवीहरू र तिनीहरूका गाईबस्तुहरूका सट्टा लेवीहरूका गाईबस्तुहरू ले। लेवीहरूचाहिँ मेरा हुनेछन्। म परमप्रभु हुँ।
गन्ती 8 : 18
18 अनि इस्राएलीहरूका जेठा-जेठा जम्मैका सट्टामा मैले लेवीहरूलाई लिएको छु।
Leave a Reply