प्रचार गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रचार गर्दै

मर्कूस 16 : 15
15 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर।

प्रस्‍थान 4 : 10 – 12
10 त्‍यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्‍नमा उस्‍तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्‍नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्‍नमा र जिब्रो चलाउनमा ढिलो छु।”
11 परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्‍ने वा अन्‍धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र?
12 अब जा, म तँलाई बोल्‍न सहायता गर्नेछु, र तैंले के-के बोल्‍नुपर्ने हो सो सिकाउनेछु।”

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

याकूब 3 : 1
1 भाइ हो, तिमीहरूमध्‍ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्‍दछौ, हामी शिक्षा दिनेहरूको न्‍याय अझ कठोर रूपले हुनेछ।

२ तिमोथी 3 : 16
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

१ कोरिन्थी 1 : 21
21 संसारले आफ्‍नै बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्‍वास गर्नेहरूलाई बचाउन परमेश्‍वरले उचित ठहराउनुभयो।

१ कोरिन्थी 2 : 13
13 जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्‍दहरूमा होइन, तर पवित्र आत्‍माले सिकाउनुभएअनुसार हामी आत्‍मिक शब्‍दहरूमा आत्‍मिक सत्‍यताहरूको अर्थ खोल्‍दछौं।

२ तिमोथी 2 : 16
16 भक्तिहीन बकबक त्‍याग, किनकि यसले मानिसहरूलाई झन्‌ बढ़ी भक्तिहीनतातिर लानेछ।

१ कोरिन्थी 1 : 17
17 किनभने बप्‍तिस्‍मा दिन होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्‍टले मलाई पठाउनुभएको हो— सांसारिक बुद्धिको कुरामा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।

१ कोरिन्थी 2 : 1 – 8
1 भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्‍वरका गवाहीको घोषणा गर्दै आइनँ।
2 किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्‍ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्‍ने नै मैले निश्‍चय गरेको थिएँ।
3 म तिमीहरूकहाँ दुर्बलतामा र ज्‍यादै डर र कम्‍पसाथ आएँ।
4 मेरो उपदेश र सन्‍देश घतलाग्‍दो र बुद्धिपूर्ण शब्‍दमा थिएन, तर पवित्र आत्‍माको र शक्तिको प्रदर्शनमा थियो,
5 ताकि तिमीहरूको विश्‍वास मानिसको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्तिमा आधारित होस्‌।
6 तापनि परिपक्‍व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्‍चय बितिजानेछ।
7 तर हामी परमेश्‍वरको गुप्‍त र लुकेको बुद्धिको प्रचार गर्दछौं, जो युगयुगअघि हाम्रो महिमाको निम्‍ति परमेश्‍वरले नियुक्त गरिदिनुभयो।
8 यस युगका कुनै पनि शासकहरूले त्‍यो कुरा बुझेनन्‌। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्‍ने नै थिएनन्‌।

१ कोरिन्थी 1 : 23
23 तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्‍टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्‍ति बाधा र अन्‍यजातिहरूका निम्‍ति मूर्खता हो।

१ यूहन्‍ना 1 : 1 – 10
1 जीवनको त्‍यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्‍यौं र हाम्रा हातले छोयौं,
2 त्‍यो जीवन प्रकट भयो, र हामीले देख्‍यौं, र हामी गवाही दिन्‍छौं, र तिमीहरूलाई त्‍यस अनन्‍त जीवनको सन्‍देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो।
3 हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्‌। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ।
4 हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्‍द पूर्ण होस्‌।
5 जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन।
6 यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्‍छौं र अन्‍धकारमा नै हिँड्‌छौं भनेता, हामी झूट बोल्‍छौं र सत्‍यमा चल्‍दैनौं।
7 तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
8 यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन।
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।
10 यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्‍छौं भने हामी उहाँलाई झूटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।

१ तिमोथी 4 : 13
13 म नआउञ्‍जेलसम्‍म धर्मशास्‍त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्‍यान देऊ।

मर्कूस 1 : 15
15 उहाँले भन्‍नुभयो, “समय पूरा भएको छ, र परमेश्‍वरको राज्‍य नजिक आइपुगेको छ। पश्‍चात्ताप गर, र सुसमाचारमा विश्‍वास गर।”

१ कोरिन्थी 1 : 18
18 किनकि नष्‍ट भइरहेकाहरूका निम्‍ति क्रूसको सन्‍देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्‍ति परमेश्‍वरको शक्ति हो।

२ कोरिन्थी 2 : 14 – 16
14 तर परमेश्‍वरलाई धन्‍यवाद होस्, उहाँले हामीलाई ख्रीष्‍टमा सधैँ विजयको निम्‍ति डोर्‍याउनुहुन्‍छ, र उहाँको ज्ञानको सुबास्‍ना हामीद्वारा हरेक स्‍थानमा फैलाउनुहुन्‍छ।
15 किनकि उद्धार पाइरहेकाहरू र नष्‍ट भइराखेकाहरूका माझमा पनि हामी परमेश्‍वरको निम्‍ति ख्रीष्‍टको सुबास्‍ना हौं,
16 एउटाको निम्‍ति मृत्‍युको दुर्गन्‍ध र अर्काको निम्‍ति जीवनको सुगन्‍ध। यी कुराका निम्‍ति को योग्‍य छ र?

१ कोरिन्थी 1 : 27 – 29
27 तर बुद्धिमान्‌हरूलाई शर्ममा पार्न परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका निर्बल कुराहरूलाई छान्‍नुभयो।
28 परमेश्‍वरले संसारका नीच र तुच्‍छ ठहरिएका कुराहरूलाई चुन्‍नुभयो। यहाँसम्‍म कि नगण्‍य कुराहरूलाई पनि चुन्‍नुभयो, यस हेतुले कि जुन कुरा छन्‌ ती व्‍यर्थ ठहरिऊन्,
29 यसैले कुनै प्राणीले परमेश्‍वरको सामुन्‍ने अहङ्कार नगरोस्‌।

२ कोरिन्थी 3 : 12
12 यसकारण हाम्रो यस्‍तो आशा भएकोले हामी अत्‍यन्‍तै साहसी भएका छौं।

गलाती 1 : 6 – 10
6 मलाई आश्‍चर्य लागिरहेछ, कि ख्रीष्‍टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्‍यागेर तिमीहरू भिन्‍न सुसमाचारतिर लागिरहेछौ।
7 वास्‍तवमा अर्को सुसमाचार छैन, तर यस्‍ता कोहीकोही छन्, जसले ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्‍छन्‌।
8 हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्‍वर्गबाट आउने दूतले नै प्रचार गर्‍यो भने पनि त्‍यो व्‍यक्ति श्रापित होस्‌।
9 हामीले अघिदेखि नै भनेजस्‍तै म फेरि अहिले पनि भन्‍दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्‍यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्‍यो श्रापित होस्‌।
10 के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।

मत्ती 4 : 1 – 296

1 तब दियाबलसद्वारा [1] परीक्षा गरिनलाई पवित्र आत्‍माद्वारा येशू उजाड-स्‍थानमा लगिनुभयो।
2 उहाँ चालीस दिन र चालीस रातसम्‍म उपवास बसिसकेपछि भोकाउनुभयो।
3 तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन्‌ भनी आज्ञा दिनुहोस्‌।”
4 तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।”
5 तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्‍दिरको शिरमा खड़ा गरायो,
6 र उहाँलाई भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने, यहाँबाट तल हामफाल्‍नुहोस्, किनभने यस्‍तो लेखिएको छ, ‘उहाँले आफ्‍ना दूतहरूको जिम्‍मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”
7 येशूले त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू’।”
8 फेरि दियाबलसले उहाँलाई एउटा अल्‍गो पर्वतमा लगेर संसारका सबै राज्‍य र तिनको वैभव उहाँलाई देखायो,
9 र उहाँलाई भन्‍यो, “तपाईंले घोप्‍टेर मलाई दण्‍डवत्‌ गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।”
10 तब येशूले त्‍यसलाई भन्‍नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई दण्‍डवत्‌ गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”
11 तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्‍वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।
12 यूहन्‍ना थुनामा परे भन्‍ने सुनेर येशू गालीलतिर लाग्‍नुभयो,
13 र नासरत छोड़ेर कफर्नहुममा गई त्‍यहाँ वास गर्न लाग्‍नुभयो। यो सहर जबूलून र नप्‍तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ।
14 यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो:
15 “जबूलूनको मुलुक र नप्‍तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्‍यजातिहरूको गालील,
16 अन्‍धकारमा बस्‍ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युका छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ।”
17 त्‍यस बेलादेखि प्रचार गर्दै येशूले भन्‍न लाग्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।”
18 गालील-समुद्रको किनारमा हिँड्‌नुहुँदा उहाँले पत्रुस भन्‍ने सिमोन र तिनका भाइ अन्‍द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू मछुवा थिए।
19 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्‍याउनेछु।”
20 तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे।
21 त्‍यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्‍दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्‍नालाई तिनीहरूका बुबा जब्‍दियासँग डुङ्गामा आफ्‍ना जाल तुनिरहेका देख्‍नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो।
22 तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे।
23 अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो।
24 उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।
25 अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *