यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पैसा उधारो
लूका 6 : 34 – 35
34 यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्छन्।
35 तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ।
प्रस्थान 22 : 25
25 तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्यसप्रति साहुकारजस्तै नहोओ। त्यससित ब्याज पनि नलेओ।
व्यवस्था 23 : 19
19 ब्याज कमाउन सक्ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्नो दाजुभाइबाट ब्याज नलिनू।
हितोपदेश 22 : 7
7 धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।
हितोपदेश 19 : 17
17 गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।
लेवीहरू 25 : 35 – 37
35 “‘यदि तिमीहरूका इस्राएली दाजुभाइमध्ये कोही अति गरीब भएर आफ्नो देखभाल गर्न सकेन भने, तिमीहरूले नै परदेशी पाहुनालाई जस्तै गरी त्यसलाई सहायता दिनू, कि त्यो तिमीहरूसित बसिरहन सकोस्।
36 त्यसलाई ऋण दिँदा ब्याज वा नाफा नलिनू। तिमीहरूले आफ्ना परमेश्वरको भय मान्नू, र तिमीहरूको दाजुभाइ तिमीहरूसितै बसिरहोस्।
37 त्यसलाई तिमीहरूले ब्याजमा रुपियाँ नदिनू। खानेकुरो पनि त्यसलाई नाफा नगरी दिनू।
रोमी 13 : 8
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ।
व्यवस्था 23 : 19 – 20
19 ब्याज कमाउन सक्ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्नो दाजुभाइबाट ब्याज नलिनू।
20 विदेशीबाट त तिमीहरू ब्याज लिन सक्छौ, तर आफ्ना दाजुभाइ इस्राएलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् देऊन्।
मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
भजनसंग्रह 15 : 5
5 जसले आफ्नो रुपियाँ व्याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन।
भजनसंग्रह 37 : 21
21 दुष्टहरूले ऋण लिन्छन्, र तिर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्छन्।
लूका 6 : 38
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”
१ तिमोथी 6 : 10
10 किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्।
१ तिमोथी 6 : 9
9 तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्।
नहेम्याह 5 : 1 – 19
1 अब पुरुषहरू र तिनका पत्नीहरूले आफ्ना यहूदी दाजुभाइहरूका विरुद्धमा आवाज उठाए।
2 कतिले भने, “हामी अनि हाम्रा छोराछोरीहरू धेरै छौं, र हामीहरू बाँच्नका निम्ति हामीलाई अन्नको खाँचो छ।”
3 अरूले चाहिँ यसो भने, “अनिकालको समयमा अन्न पाउन हामी आफ्ना खेतहरू, दाखबारीहरू र घरहरू बन्धक राख्दैछौं।”
4 अझ अरूहरूले यसो भनेर दु:ख पोखाए, “आफ्ना खेतहरू र दाखबारीहरूको राजकर तिर्न हामीले ऋण लिनुपरेको छ।
5 हाम्रो शरीर आफ्ना देशका अरू मानिसहरूको शरीरजस्तै हो। हाम्रा छोराछोरी उनीहरूका छोराछोरीजस्तै छन्, तापनि हामीलाई आफ्ना छोराछोरीहरू कमारा-कमारी तुल्याउन दिनुपरिरहेको छ। कसै-कसैका छोरीहरू त अघि नै कमारी तुल्याइएका छन्, तर हामी केही पनि गर्न सक्दैनौं, किनभने हाम्रा खेतहरू र दाखबारीहरू अरूहरूका भइसकेका छन्।”
6 तिनीहरूको रोदन र तिनीहरूले भनेको कुरा सुनेर मलाई साह्रै रीस उठ्यो।
7 ती सबलाई आफ्नो मनमा मैले चिन्तन गरें। अनि भारदारहरू र अधिकृतहरूको दोष देखाउँदै मैले भनें, “तिमीहरू आफ्ना यहूदी दाजुभाइहरूबाट धेरै ब्याज लिँदैछौ।”
8 मैले यस विषयमा एउटा ठूलो सभा बोलाएँ अनि भनें, “हामीले सकभर अरू जातिहरूमा बेचिएका हाम्रा यहूदी बन्धुहरूलाई किनेर छुटकारा गराएका छौं। अब दाम तिरेर छुटकारा दिएका आफ्ना भाइहरूलाई तिमीहरू हामीलाई बेचिरहेका छौ।” तिनीहरू चूप रहे, किनकि तिनीहरूसित भन्ने कुरा केही थिएन।
9 मैले अझै भनें, “तिमीहरू जे गरिरहेका छौ सो ठीक छैन। हाम्रा अन्यजाति शत्रुहरूको नजरमा निन्दित नहुनलाई हाम्रा परमेश्वरको डर राखेर तिमीहरूलाई बस्नुपर्नेथिएन?
10 म र मेरा भाइहरू र मेरा अधीनका मानिसहरू पनि तिनीहरूलाई रुपियाँपैसा र अन्न सापट दिँदैछौं। तर ऋणको लागि ब्याज उठाउने काम बन्द होस्।
11 तिनीहरूबाट लिएका खेतहरू, दाखबारीहरू र भद्राक्षबारीहरू र घरहरू तुरुन्तै तिनीहरूलाई फर्काइदेओ, अनि तिनीहरूबाट असूल गरेका ब्याज, अर्थात् रुपियाँपैसा, अन्न, नयाँ दाखमद्य र तेलको सयौँ भाग फर्काइदेओ।”
12 “हामी फर्काइदिनेछौं, र तिनीहरूबाट अरू केही लिनेछैनौं। तपाईं जे भन्नुहुन्छ सो हामी गर्नेछौं” भनी तिनीहरूले भने। तब मैले पूजाहारीहरूलाई बोलाएँ, र भारदार र अधिकृतहरूलाई आफूले प्रतिज्ञा गरेअनुसार गर्न शपथ खान लाएँ।
13 त्यसपछि मैले मेरो खास्टोको छेउ टकटक्याएर भनें, “आफ्नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्वरले यसरी नै टकटक्याइदेऊन्। त्यसलाई यसरी नै टकटक्याएर रित्तो बनाइओस्।” यो भएपछि भेला भएका सबै मानिसहरूले भने, “आमेन,” र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। अनि तिनीहरूले आफ्नो प्रतिज्ञाअनुसार गरे।
14 त्यसबाहेक यहूदा देशका राज्यपाल म नियुक्त भएको समयदेखि, अर्थात् अर्तासास्त राजाको बीसौँ वर्षदेखि बत्तीसौँ वर्षसम्म, जम्मा बाह्र वर्षसम्म मैले र मेरा भाइहरूले राज्यपालले पाउनुपर्ने खानेकुराको भत्ता लिएनौं।
15 तर मभन्दा अघिका राज्यपालहरूले रोटी र दाखमद्यबाहेक चाँदीका चालीस सिक्का कर तोकेर मानिसहरूलाई ठूलो भारले थिचेका थिए। उनीहरूका सहायकहरूले पनि यसरी नै अत्याचार गरेका थिए। तर परमेश्वरको भय राखेर मैले त्यस्तो व्यवहार गरिनँ।
16 त्यसको साटो मैले पर्खाल बनाउने काममा मेरो सारा मेहनत लगाएँ। मेरा सबै मानिसहरू कामको निम्ति त्यहाँ भेला भए, र हामीले तिनीहरूबाट कुनै जग्गाजमिन लिएनौं।
17 यसबाहेक मसँग मेरो टेबिलमा बसेर खानेहरू एक सय पचास जना यहूदीहरू र अधिकृतहरूलगायत छेउछाउका जातिहरूबाट हामीकहाँ आउने अतिथिहरू पनि थिए।
18 प्रतिदिन खानलाई मेरो निम्ति जुटाउनुपर्ने एउटा गोरु, छ वटा मोटा-मोटा भेड़ा, र कुखुराहरूलाई पनि तयार गरिन्थ्यो। दश-दश दिनपछि विभिन्न प्रकारका दाखमद्य प्रशस्त मात्रामा जुटाइन्थ्यो। यति भए तापनि मैले राज्यपालले पाउनुपर्ने भोजनको माग गरिनँ, किनभने मानिसहरूमाथि ठूलो भार परेको थियो।
19 हे मेरा परमेश्वर, मैले गरेका सबै कामको निम्ति मेरो हितमा सम्झना गर्नुहोस्।
मत्ती 6 : 19
19 “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्।
नहेम्याह 5 : 10
10 म र मेरा भाइहरू र मेरा अधीनका मानिसहरू पनि तिनीहरूलाई रुपियाँपैसा र अन्न सापट दिँदैछौं। तर ऋणको लागि ब्याज उठाउने काम बन्द होस्।
लूका 16 : 10
10 “जो थोरै कुरामा ईमानदार हुन्छ, त्यो धेरैमा पनि ईमानदार हुन्छ, र जो अति सानो कुरामा बेईमान हुन्छ, त्यो धेरैमा पनि बेईमान हुन्छ।
१ कोरिन्थी 2 : 1 – 16
1 भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्वरका गवाहीको घोषणा गर्दै आइनँ।
2 किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्ने नै मैले निश्चय गरेको थिएँ।
3 म तिमीहरूकहाँ दुर्बलतामा र ज्यादै डर र कम्पसाथ आएँ।
4 मेरो उपदेश र सन्देश घतलाग्दो र बुद्धिपूर्ण शब्दमा थिएन, तर पवित्र आत्माको र शक्तिको प्रदर्शनमा थियो,
5 ताकि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा आधारित होस्।
6 तापनि परिपक्व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्चय बितिजानेछ।
7 तर हामी परमेश्वरको गुप्त र लुकेको बुद्धिको प्रचार गर्दछौं, जो युगयुगअघि हाम्रो महिमाको निम्ति परमेश्वरले नियुक्त गरिदिनुभयो।
8 यस युगका कुनै पनि शासकहरूले त्यो कुरा बुझेनन्। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्।
9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”
10 परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ।
11 मानिसभित्र रहेको आफ्नै आत्माबाहेक कसले मानिसका विचारलाई बुझ्न सक्छ? त्यसरी नै परमेश्वरका विचार परमेश्वरका आत्माबाहेक कसैले बुझ्दैन।
12 अब हामीले संसारको आत्मा पाएका छैनौं, तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौं भनेर उहाँबाट पवित्र आत्मा पाएका छौं।
13 जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्दहरूमा होइन, तर पवित्र आत्माले सिकाउनुभएअनुसार हामी आत्मिक शब्दहरूमा आत्मिक सत्यताहरूको अर्थ खोल्दछौं।
14 जो मानिस आत्मिक छैन, त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्, र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ।
15 आत्मिक मानिसले सबै कुराको जाँच गर्दछ, तर ऊचाहिँ कुनै मानिसद्वारा जाँचिनेछैन।
16 “किनकि कसले प्रभुको मनलाई जानेको छ? र कसले उहाँलाई सिकाउन सक्छ?” तर हामीसँग त ख्रीष्टको मन छ।
नहेम्याह 5 : 1 – 232

Leave a Reply