पुनरुत्थान, धार्मिक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पुनरुत्थान, धार्मिक

जकरिया 8 : 23
23 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “ती दिनमा सबै जाति-जातिबाट र सबै भाषा बोल्‍नेहरूमध्‍येबाट दश जना मानिसले एउटा यहूदीलाई लुगाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्‍छ’।”

हबकूक 3 : 2
2 हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्‍कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्‍न दिनुहोस्‌। क्रोधमा कृपा गर्नुहोस्‌।

यशैया 32 : 15
15 माथिबाट हामीमाथि आत्‍मा नखन्‍याइञ्‍जेलसम्‍म र मरुभूमि मलिलो खेतबारी र मलिलो खेतबारी वनजस्‍तो नबनुञ्‍जेलसम्‍म।

योएल 2 : 28
28 “त्‍यसपछि म मेरा आत्‍मा सबै मानिसमाथि खन्‍याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्‍नेछन्‌। तिमीहरूका बूढ़ा मानिसहरू स्‍वप्‍नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्‌।

मीका 4 : 8
8 तँचाहिँ, ए बगालको धरहरा, सियोनकी छोरीको किल्‍ला, तँलाई पहिलेको राज्‍य फेरि फर्काइनेछ, यरूशलेमकी छोरीकहाँ राजपद फेरि आउनेछ।”

हबकूक 3 : 2
2 हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्‍कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्‍न दिनुहोस्‌। क्रोधमा कृपा गर्नुहोस्‌।

यहोशू 5 : 9
9 अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आजको दिन मिश्रको निन्‍दा तिमीहरूबाट मैले गुड़ाइदिएको छु।” यसकारण त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म गिलगाल भनिन्‍छ।

१ शमूएल 7 : 6
6 जब तिनीहरू त्‍यहाँ भेला भए, तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्‍ने खन्‍याए। त्‍यस दिन “हामीले परमप्रभुको विरुद्धमा पाप गर्‍यौं” भनी स्‍वीकार गरी दिनभरि नै तिनीहरू उपवास बसे। अनि शमूएल मिस्‍पामा इस्राएलका अगुवा [1] भए।

१ राजाहरू 18 : 40
40 तब एलियाले तिनीहरूलाई हुकुम गरे, “बालका अगमवक्ताहरूलाई पक्र। एउटै पनि उम्‍कन नपाओस्‌।” तिनीहरूले उनीहरूलाई पक्रे, र एलियाले उनीहरूलाई तल कीशोन खोलामा ल्‍याउन लगाएर उनीहरूलाई मारे।

२ राजाहरू 18 : 7
7 अनि परमप्रभु तिनीसँग रहनुहुन्‍थ्‍यो। तिनले गरेका सबै काममा तिनी सफल भए। तिनी अश्‍शूरका राजाको विरुद्धमा बागी भए, र उनको सेवा गरेनन्‌।

२ इतिहास 14 : 5
5 तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए। तिनको शासनमुनि देशले शान्‍ति पायो।

२ इतिहास 15 : 14
14 ठूलो सोरले चिच्‍च्‍याएर तुरही र नरसिङ्गा बजाउँदै तिनीहरूले स्‍वयम्‌ परमप्रभुको शपथ खाएर बाचा बाँधे।

२ इतिहास 33 : 19
19 आफैलाई विनम्र तुल्‍याउन अघि तिनको प्रार्थना र परमेश्‍वरले कसरी तिनको अर्ज-बिन्‍ती ग्रहण गर्नुभयो, अनि तिनका सबै पाप र अविश्‍वासका काम, तिनले बनाएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्‍बा र मूर्तिहरू— यी सबै दर्शीहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।

योना 3 : 10
10 तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्‍ना कुमार्गबाट फर्केर आए भन्‍ने परमेश्‍वरले देख्‍नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्‍कीअनुसार उहाँले गर्नुभएन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *