पीडादायी शब्दहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पीडादायी शब्दहरू

हितोपदेश 12 : 18
18 असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्‍छ, तर बुद्धिमान्‌को बोलीले निको पार्छ।

याकूब 1 : 26
26 यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ।

हितोपदेश 15 : 1
1 नम्र जवाफले क्रोधलाई शान्‍त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।

मत्ती 15 : 10 – 11
10 उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सुन र बुझ।
11 जे मुखभित्र पस्‍तछ, त्‍यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्‍कन्‍छ, त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।”

हितोपदेश 18 : 21
21 जीवन र मृत्‍युको शक्ति जिब्रोमा हुन्‍छ, त्‍यसलाई प्रेम गर्नेहरूले त्‍यसका फल खानुपर्छ।

हितोपदेश 21 : 23
23 आफ्‍नो मुख र जिब्रो सम्‍हाल्‍नेले आफूलाई आपद्‌-विपद्‌बाट जोगाउँछ।

भजनसंग्रह 19 : 14
14 हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्‍द र मेरो हृदयका ध्‍यान तपाईंको दृष्‍टिमा ग्रहणयोग्‍य होऊन्‌।

१ पत्रुस 3 : 7 – 12
7 पति हो, त्‍यसै गरी आफ्‍ना पत्‍नीसँग विचारशील भएर बस, र स्‍त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्‌।
8 अन्‍त्‍यमा तिमीहरू सबैमा आत्‍माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।
9 खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्‍यसको सट्टामा आशिष्‌ दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष्‌ प्राप्‍त गर्न सक।
10 किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्‍ने इच्‍छा गर्दछ, त्‍यसले आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई छली कुरा बोल्‍नबाट अलग राखोस्‌।
11 त्‍यो खराबीबाट फर्कोस्‌ र असल गरोस्, त्‍यसले शान्‍तिको खोजी गरोस्‌ र त्‍यसको पछि लागोस्‌।
12 किनकि परमेश्‍वरको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्‍छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ।”

लूका 6 : 45
45 असल मानिसले आफ्‍नो हृदयको असल भण्‍डारबाट असलै थोक निकाल्‍दछ, र दुष्‍ट मानिसले आफ्‍नो हृदयको दुष्‍ट भण्‍डारबाट दुष्‍ट थोक नै निकाल्‍दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्‍छ, मानिसको मुखबाट त्‍यही निस्‍कन्‍छ।

एफिसी 4 : 29
29 तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।

मत्ती 18 : 15
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।

भजनसंग्रह 34 : 13
13 आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख।

हितोपदेश 15 : 4
4 निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्‍मालाई आघात पुर्‍याउँछ।

मत्ती 5 : 43 – 44
43 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’
44 तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

हितोपदेश 11 : 9
9 ईश्‍वरहीनको आफ्‍नै मुखले आफ्‍नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्‍छ।

याकूब 3 : 5
5 त्‍यस्‍तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्‍काले ठूलो वन पनि स्‍वाहा पार्दछ।

भजनसंग्रह 64 : 3
3 तिनीहरू आफ्‍ना जिब्रालाई तरवारझैँ धार लगाउँछन्‌, र तिनीहरूका वचन घातक काँड़झैँ ताक्‍छन्‌।

रोमी 12 : 17 – 18
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ।
18 हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *