पिताका पापहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पिताका पापहरू

प्रस्‍थान 34 : 7
7 उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्‍छ, र दुष्‍टता, विद्रोह र पाप क्षमा गर्नुहुन्‍छ। तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्‍छ। पिता-पुर्खाका दुष्‍टताको दण्‍ड तिनीहरूका छोराछोरी, नातिनातिना, र तेस्रो र चौथो पुस्‍तासम्‍म दिनुहुन्‍छ।”

व्यवस्था 24 : 16
16 बाबुहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधको लागि मरोस्‌।

इजकिएल 18 : 19 – 20
19 “तापनि तिमीहरू सोध्‍छौ, ‘छोराले बुबाको दोषको फल किन भोग्‍नुपर्दैन?’ छोराले न्‍यायसङ्गत र ठीक काम गरेको छ, र मेरा सबै विधिहरू होशियारीसित पालन गरेको कारणले, त्‍यो निश्‍चय नै बाँच्‍नेछ।
20 त्‍यो प्राण, जसले पाप गर्छ, त्‍यही मर्छ। छोराले बुबाको दोषको फल भोग्‍नेछैन, न त बुबाले छोराको दोषको फल भोग्‍नेछ। धर्मीले आफ्‍नो धार्मिकताको फल र दुष्‍टले आफ्‍नो दुष्‍ट्याइँको फल पाउनेछ।

गन्ती 14 : 18
18 ‘परमप्रभु रीस गर्नमा धैर्यवान्‌ र अति करुणामय, अधर्म र अपराध क्षमा गर्ने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता-पुर्खाका अधर्मको सजाय उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म पनि दिने हुनुहुन्‍छ।’

व्यवस्था 5 : 9
9 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,

यूहन्‍ना 9 : 1 – 3
1 त्‍यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्‍मैको अन्‍धालाई देख्‍नुभयो।
2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्‍बी, कसले पाप गर्‍यो, यसले कि यसका आमा-बुबाले, र यो अन्‍धो जन्‍म्‍यो?”
3 येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्‍यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्‍वरको काम यस मानिसको जीवनमा प्रकट होस्‌।

प्रस्‍थान 20 : 1 – 26
1 अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो:
2 “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।
4 “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।
7 “परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
8 “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।
9 छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌।
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो।
12 “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।
13 “हत्‍या नगर्नू।
14 “व्‍यभिचार नगर्नू।
15 “चोरी नगर्नू।
16 “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
17 “आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।”
18 जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे।
19 तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस्‌ र हामी सुन्‍नेछौं, तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”
20 मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वर तिमीहरूलाई जाँच्‍नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21 मानिसहरू टाढ़ै उभिरहे। परमेश्‍वर हुनुभएको त्‍यो बाक्‍लो बादलमा उहाँको नजिक मोशा गए।
22 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्‍नू: स्‍वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ।
23 मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्‍ना निम्‍ति नबनाउनू।
24 “मेरो निम्‍ति माटोको वेदी बनाएर त्‍यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्‍तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्‍यहाँ-त्‍यहाँ आएर म तिमीहरूलाई आशिष्‌ दिनेछु।
25 तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्‍यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्‍यसलाई अशुद्ध पार्नेछौ।
26 र मेरै वेदीमा खुट्‌किलो बनाएर नउक्‍लनू। किनभने त्‍यसो गर्दा त्‍यसमाथि तिमीहरूको नग्‍नता उघ्रनेछ।

प्रस्‍थान 20 : 5
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,

यर्मिया 31 : 29 – 34
29 “ती दिनमा मानिसहरूले फेरि कहिल्‍यै यसो भन्‍नेछैनन्, ‘अमिलो अङ्‌गूर खाए बुबाले अनि दाँत कुँड़िनेचाहिँ छोराछोरीको’।
30 त्‍यसको सट्टामा हरेक आफ्‍नै पापको निम्‍ति मर्नेछ। जसले अमिलो अङ्‌गूर खान्‍छ त्‍यसैको दाँत कुँड़िन्‍छ।
31 परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु।
32 तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्‍याएर ल्‍याएको थिएँ।” परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ।”
33 परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु, तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्‌।
34 ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍नो छिमेकीलाई वा आफ्‍ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।”

१ यूहन्‍ना 5 : 18
18 परमेश्‍वरबाट उत्‍पन्‍न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्‍वरका पुत्रले त्‍यसलाई सुरक्षित राख्‍नुहुन्‍छ, र दुष्‍टले त्‍यसलाई छुँदैन।

रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

मत्ती 18 : 21 – 22
21 तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्‍ट मेरो विरुद्धमा अपराध गरे मैले त्‍यसलाई क्षमा गर्ने? के सात पल्‍टसम्‍म?”
22 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍दछु, सात पल्‍ट होइन, तर सत्तरी गुणा सात पल्‍ट।

मर्कूस 11 : 25
25 जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्‍छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।

भजनसंग्रह 51 : 5
5 साँच्‍चै, म जन्‍मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *