अफ्रिकी अमेरिकीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अफ्रिकी अमेरिकीहरू

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

गन्ती 12 : 1
1 मोशाकी कूशी पत्‍नीको कारणले मिरियम र हारून मोशाको विरुद्धमा बोल्‍न लागे, किनभने तिनले कूशी पत्‍नी ल्‍याएका थिए।

प्रस्‍थान 21 : 16
16 जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्‍छ अथवा पक्रिँदा त्‍यो त्‍यसकै हातमा फेला पर्छ, त्‍यो मारिनैपर्छ।

यर्मिया 13 : 23
23 के कूशीले आफ्‍नो छालाको रङ्ग बद्‌लन सक्‍छ र? अथवा के चितुवाले आफ्‍नो छालाका थोप्‍ला बद्‌लन सक्‍छ र? न त तँ दुष्‍ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्‍नेछ।

उत्‍पत्ति 9 : 25 – 27
25 तब तिनले भने, “श्रापित होस्, कनान, त्‍यो आफ्‍ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।”
26 तिनले यसो पनि भने, “शेमका परमप्रभु धन्‍यका होऊन्, कनान त्‍यसको दास होस्‌।
27 परमेश्‍वरले येपेतको वृद्धि गरून्, र त्‍यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्‌।”

श्रेष्‍ठगीत 1 : 5
5 म श्‍यामवर्णकी तर सुन्‍दरी छु, हे यरूशलेमका छोरी हो, केदारका पालहरूजस्‍तै कालो, र सोलोमनको पालका पर्दाजस्‍तै।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *