यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पापी विचारहरू
मर्कूस 7 : 20 – 23
20 उहाँले भन्नुभयो, “मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ।
21 किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन,
22 लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्।
23 यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्।
मत्ती 5 : 28
28 तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।
गलाती 5 : 19 – 21
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
१ कोरिन्थी 6 : 18
18 व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।
१ थेसलोनिकी 4 : 3 – 5
3 किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान,
5 तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस।
१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
मत्ती 15 : 19 – 20
19 किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्।
20 यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
हितोपदेश 5 : 18 – 19
18 तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्थाकी पत्नीसित तँ आनन्दित हो।
19 मयालु मृगी र राम्री हरिणीझैँ, त्यसकै स्तनमा तँ सन्तुष्ट बन्, तँ सधैँ त्यसकै प्रेममा मोहित भइरहेस्।
१ कोरिन्थी 6 : 9 – 10
9 अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्।
हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।
Leave a Reply