यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पानी
यूहन्ना 4 : 14
14 तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन। जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ!”
इजकिएल 36 : 25
25 म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु, र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरूका सबै अशुद्धतादेखि र तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्याउनेछु।
यूहन्ना 7 : 38
38 जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’।”
प्रकाश 22 : 1
1 तब तिनले मलाई स्फटिकजस्तै चहकिलो जीवनका पानीको नदी देखाए। त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्की
यशैया 49 : 10
10 तिनीहरू न त भोकाउनेछन् न तिर्खाउनेछन्, न मरुभूमि वा सूर्यको रापले तिनीहरूलाई पोल्नेछ, किनकि तिनीहरूमाथि कृपा गर्नेले तिनीहरूलाई डोर्याउनुहुनेछ र पानीको धारानेर तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ।
यशैया 43 : 2
2 तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्। तँ आगोबाट हिँड़ेर जाँदा डढ्नेछैनस्। त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
हितोपदेश 5 : 15
15 आफ्नै कुण्डको पानी, र आफ्नै कूवाबाट बगेको पानी पी।
प्रकाश 22 : 17
17 पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस्।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस्।
भजनसंग्रह 23 : 2
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
यशैया 12 : 3
3 आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।
प्रकाश 21 : 6
6 उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
Leave a Reply