पाङ्ग्रा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाङ्ग्रा

यर्मिया 18 : 3
3 यसैले म तल कुमालेको घरमा गएँ। त्‍यहाँ त्‍यसले आफ्‍नो चक्‍कामा केही बनाइरहेको मैले देखें।

हितोपदेश 20 : 26
26 बुद्धिमान्‌ राजाले दुष्‍टहरूलाई पन्‍साउँछन्, तिनले उनीहरूमाथि अन्‍न चुट्‌ने चक्‍का दल्‍छन्‌।

उपदेशक 12 : 6
6 चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्‌ग्रो भचाइन अघि,

इजकिएल 1 : 21
21 ती जीवातहरू चलहल गर्दा यी पनि चलहल गर्थे। ती ठिङ्ग उभिँदा यी पनि ठिङ्ग उभिन्‍थे। ती जमिनबाट उठ्‌दा यी पाङ्‌ग्रा पनि तिनीहरूसँगै उठेर जान्‍थे, किनभने ती जीवित जीवातहरूका आत्‍मा ती पाङ्‌ग्रामा नै थिए।

इजकिएल 3 : 13
13 त्‍यो आवाज ती जीवित जीवातहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्‍केको र तिनीहरूका छेउका ती पाङ्‌ग्राहरूको आवाज थियो, एउटा भुइँचालोको गुड़गुड़ आवाज।

इजकिएल 10 : 19
19 अनि मैले नियालेर हेर्दा ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर भूइँबाट उँभो-उँभो गए। तिनीहरू जाँदा ती पाङ्‌ग्राहरू पनि तिनीहरूका साथसाथै उँभो गए। तब परमप्रभुका भवनको पूर्वतिरका प्रवेशद्वारको मुखैमा तिनीहरू खड़ा भएर थामिए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्‍तिर थियो।

इजकिएल 11 : 22
22 तब छेउमा पाङ्‌ग्राहरू भएका ती करूबहरूले आफ्‍ना पखेटा फैलाए। अनि इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्‍तिर थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *