पहाड

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पहाड

भजनसंग्रह 97 : 5
5 परमप्रभुको सामुन्‍ने पर्वतहरू मैनझैँ पग्‍लन्‍छन्‌, सारा पृथ्‍वीका स्‍वामीको सामुन्‍ने।

व्यवस्था 4 : 11
11 पर्वतमा आगो दन्‍केर आकाशसम्‍मै पुग्‍यो, र बाक्‍लो बादल आएर त्‍यहाँ घोर अन्‍धकार भएको बेलामा तिमीहरू आएर पर्वतको फेदीमा उभियौ।

व्यवस्था 5 : 23
23 जब तिमीहरूले अन्‍धकारको बीचबाट सोर सुन्‍यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए।

न्यायकर्ताहरू 5 : 5
5 परमप्रभुको सामु, अँ, सीनैका परमप्रभुको सामु, परमप्रभुको सामु, इस्राएलका परमेश्‍वरको सामु पहाड़हरू डरले थरथराए।

यशैया 64 : 3
3 जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्‍थितिमा कामे।

मीका 1 : 4
4 आगोमा मैन पग्‍लेजस्‍तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्‍लन्‍छन्, र उपत्‍यकाहरू टुक्रिन्‍छन्‌।

नहूम 1 : 5
5 उहाँको सामु पहाड़हरू कम्‍पायमान हुन्‍छन्, र पर्वतहरू पग्‍लन्‍छन्‌। उहाँको उपस्‍थितिमा संसार उजाड़ हुन्‍छ, जगत्‌ र त्‍यसमा भएका सबै कुरा थरथर काँप्‍छन्‌।

अय्‍यूब 9 : 5
5 उहाँले पर्वतहरूलाई तिनीहरूले थाहै नपाई सार्नुहुन्‍छ, र क्रोधमा तिनीहरूलाई पल्‍टाउनुहुन्‍छ।

अय्‍यूब 14 : 18
18 “तर पहाड़ खिइएर चूर्ण भएझैँ र चट्टान त्‍यसको ठाउँबाट हटाइएझैँ,

अय्‍यूब 28 : 9
9 मानिसले आफ्‍नो हातले कड़ा ढुङ्गा काट्‌दछ, र पहाड़हरूका फेदलाई उदाङ्ग बनाउँछ।

इजकिएल 38 : 20
20 समुद्रका माछाहरू, आकाशका पक्षीहरू, वनका जनावरहरू, जमिनमा घस्रने सबै जन्‍तुहरू, र पृथ्‍वीका सबै मानिसहरू मेरो सामुन्‍ने काँप्‍नेछन्‌। पहाड़हरू पल्‍टिजानेछन्, भीरहरू भत्‍किनेछन्, र प्रत्‍येक पर्खाल जमिनमा ढल्‍नेछ।

प्रस्‍थान 3 : 12
12 अनि परमेश्‍वरले भन्‍नुभयो, “म तँसित हुनेछु, र मैले तँलाई पठाएको हुँ भन्‍ने कुराको चिन्‍ह तँलाई यो हुनेछ: जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्‍याउनेछस्, तब तिमीहरूले यही पर्वतमा परमेश्‍वरको आराधना गर्नेछौ।”

व्यवस्था 12 : 2
2 जुन जातिहरूलाई तिमीहरूले अधिकार गर्नेछौ, उनीहरूले आफ्‍ना देवताहरू पूजा गर्ने उनीहरूका अल्‍गा डाँड़ा र हरेक पर्वत र फैलिएको रूखमुनिका सबै स्‍थानहरू तिमीहरूले सम्‍पूर्ण तवरले नाश गर्नू।

१ शमूएल 10 : 5
5 “यसपछि तपाईं परमेश्‍वरको गिबा जानुहुनेछ, जहाँ पलिश्‍तीहरूको चौकी छ। जसै तपाईं सहरको नजिक पुग्‍नु हुनेछ, तपाईंले डाँड़ाको थानबाट ओर्लिरहेका अगमवक्ताहरूको एक दल अगिअगि खैँजड़ी, बाँसुरी र वीणा बजाउँदैआइरहेको भेट्टाउनुहुनेछ, अनि तिनीहरूले अगमवाणी बोलीरहेका हुनेछन्‌।

१ राजाहरू 14 : 23
23 तिनीहरूले आफ्‍ना निम्‍ति पूजा गर्नलाई डाँड़ाका थानहरू, चोखा ढुङ्गाहरू र अशेरा देवीका मूर्तिहरू हरेक अल्‍गो डाँड़ामा र झ्‍याम्‍म परेको हरेक रूखमुनि खड़ा गरे।

यर्मिया 3 : 6
6 योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएलले के गर्‍यो, के तैंले देखेको छस्‌? त्‍यो गएर हरेक डाँड़ामा र हरेक झ्‍याम्‍म परेको रूखमुनि त्‍यसले व्‍यभिचार गरेकी छ।

होशे 4 : 13
13 तिनीहरू पर्वतका टाकुराहरू हुँदो बलि चढ़ाउँदछन्, र असल छायाँ दिने फलाँट, लहरे-पीपल र तारपीनका रूखमुनि डाँड़ाहरूमा धूप बाल्‍छन्‌। यसकारण तिमीहरूका छोरीहरूले वेश्‍यावृत्ति गर्छन्, र तिमीहरूका बुहारीहरूले व्‍यभिचार गर्छन्‌।

मत्ती 4 : 8
8 फेरि दियाबलसले उहाँलाई एउटा अल्‍गो पर्वतमा लगेर संसारका सबै राज्‍य र तिनको वैभव उहाँलाई देखायो,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *