यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पश्चाताप
उत्पत्ति 6 : 7
7 त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”
प्रस्थान 32 : 14
14 तब आफ्ना मानिसहरूलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो।
व्यवस्था 32 : 36
36 जब तिनीहरूको बल घटेको र बँधुवा वा फुक्का केही नरहेको उहाँले देख्नुहुन्छ। तब परमप्रभुले आफ्ना मानिसहरूको इन्साफ गर्नुहुनेछ, र आफ्ना सेवकहरूलाई टिठ्याउनुहुनेछ।
न्यायकर्ताहरू 2 : 18
18 जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्यो न्यायकर्तासँग हुनुहुन्थ्यो, र तिनी बाँचुञ्जेल उहाँले तिनीहरूलाई शत्रुहरूका हातदेखि बचाइराख्नुहुन्थ्यो। किनकि दुर्व्यवहार र अत्याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्केरा मार्दथे परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्थ्यो।
१ शमूएल 15 : 11
11 “शाऊललाई राजा तुल्याएकोमा मलाई पछितो लागेको छ, किनभने त्यसले आफ्नो मुख मदेखि मोड़ेको छ, र मेरो आज्ञा त्यसले पालन गरेको छैन।” शमूएल विचलित भए, र तिनले रातभरि परमप्रभुलाई पुकारा गर्दैरहे।
१ शमूएल 15 : 29
29 परमप्रभु, जो इस्राएलका गौरव हुनुहुन्छ, उहाँ छल गर्नुहुन्न, आफ्नो मन पनि बद्लनुहुन्न। आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्न।”
१ शमूएल 15 : 35
35 शमूएल आफ्नो मृत्युको दिनसम्मै फेरि कहिल्यै शाऊललाई भेट्न गएनन्, तर तिनी शाऊलको निम्ति शोक गरिरहे। अनि शाऊललाई इस्राएलमाथि राजा तुल्याउनुभएकोमा परमप्रभुले पछितो गर्नुभयो।
२ शमूएल 24 : 16
16 जब स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई त्यसतिर आफ्नो हात पसारे, तब त्यस्तो सत्यानाश गर्नदेखि परमप्रभुको मन बदल्यो, र मानिसहरूलाई नाश गर्ने ती स्वर्गदूतलाई उहाँले भन्नुभयो, “बस, भयो। तिम्रो हात थाम।” त्यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।
१ इतिहास 21 : 15
15 र परमेश्वरले यरूशलेम विनाश गर्न एउटा स्वर्गदूत पठाउनुभयो। तर तिनले त्यो नाश गर्न लाग्दा परमप्रभुले त्यो देखेर त्यस सर्वनाशदेखि मन बद्लेर ती नाश गर्ने स्वर्गदूतलाई भन्नुभयो, “अब भयो! तिम्रो हात थाम!” त्यसै बेला ती स्वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।
भजनसंग्रह 106 : 45
45 तिनीहरूका खातिर आफ्नो करार उहाँले स्मरण गर्नुभयो, र आफ्नो प्रशस्त करुणाअनुसार दयालु हुनुभयो।
भजनसंग्रह 110 : 4
4 परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।”
भजनसंग्रह 135 : 14
14 किनभने परमप्रभुले आफ्नो प्रजालाई न्याय दिलाउनुहुनेछ, र आफ्ना सेवकहरूमाथि अनुकम्पा राख्नुहुनेछ।
यर्मिया 15 : 6
6 तैंले मलाई त्यागेको छस्,” परमप्रभु भन्नुहुन्छ। “तँ पछि नै हट्दैरहन्छस्। यसैले मैले मेरो हात उठाएर तँलाई सर्वनाश गर्नेछु। म तँमाथि अझ टिठ्याउन सक्दिनँ।
यर्मिया 18 : 8
8 र यदि मैले चेताउनी दिएको जातिले आफ्नो खराबीदेखि पछितो गर्यो भने, मैले सोचेको विपत्ति त्यसमाथि ल्याउनदेखि म मेरो मन बद्लनेछु।
यर्मिया 18 : 10
10 र त्यसले मेरो कुरा नसुनेर मेरो दृष्टिमा खराबी गर्यो र मेरो आज्ञापालन गरेन भनेदेखि, त्यसलाई असल गर्ने मेरो विचारमाथि फेरि म विचार गर्नेछु।
यर्मिया 26 : 3
3 शायद त्यो सुनेर तिनीहरू हरेक आ-आफ्नो दुष्ट चालदेखि फर्कलान्। तब तिनीहरूका दुष्टताको कारण तिनीहरूमाथि सर्वनाश ल्याउने मेरो मन म छोड्नेछु।
यर्मिया 42 : 10
10 ‘यदि तिमीहरू यही देशमा रह्यौ भने म तिमीहरूलाई बनाइराख्नेछु तर भत्काउनेछैनँ, म तिमीहरूलाई रोपिराख्नेछु तर उखेल्नेछैनँ, किनकि मैले तिमीहरूलाई गरेको सर्वनाशदेखि म दु:खित छु।
योएल 2 : 13
13 आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ, र विपत्ति ल्याउनुहुँदा उहाँ दु:खित हुनुहुन्छ।
आमोस 7 : 3
3 यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभुले भन्नुभयो।
आमोस 7 : 6
6 यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभु परमेश्वरले भन्नुभयो।
योना 3 : 10
10 तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्ना कुमार्गबाट फर्केर आए भन्ने परमेश्वरले देख्नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्कीअनुसार उहाँले गर्नुभएन।
मत्ती 4 : 17
17 त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।”
मर्कूस 1 : 15
15 उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।”
हितोपदेश 1 : 33
33 तर मैले भनेको कुरा जस-जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्सानीको डरैविना ढुक्क रहनेछन्।”
Leave a Reply