यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अपमानजनक बच्चाहरु
व्यवस्था 21 : 18 – 21
18 आफ्ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्दैन भने,
19 त्यसका आमा-बुबाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्।
20 तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।”
21 तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्।
कलस्सी 3 : 20
20 छोरा-छोरी हो, प्रत्येक कुरामा आफ्ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ।
लेवीहरू 20 : 9
9 “‘जसले आफ्ना आमा-बुबालाई सराप्छ त्यो मारिनैपर्छ। आफ्ना आमा-बुबालाई सरापेको कारण त्यसको अपराध त्यसकै शिरमाथि परोस्।
हितोपदेश 30 : 17
17 “त्यो आँखा जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई घृणा गर्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्।
हितोपदेश 13 : 24
24 छड़ी नचलाउने बुबाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्यसलाई अनुशासन दिन्छ।
एफिसी 6 : 1
1 छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
मर्कूस 7 : 9 – 10
9 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफ्ना परम्परा मान्नलाई कति धूर्ततासँग परमेश्वरको आज्ञालाई टारिदिन्छौ।
10 किनभने मोशाले भनेका छन्, ‘आफ्ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्ट कुरा बोल्छ त्यो मारिनैपर्छ।’
मत्ती 15 : 4
4 किनभने परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ, त्योचाहिँ निश्चय मारिनुपर्छ।
हितोपदेश 20 : 20
20 यदि कसैले आफ्नो बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारको बेला निभाइनेछ।
हिब्रू 10 : 26
26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्यौं भने पापको निम्ति अब उसो अरू कुनै बलिदान रहँदैन,
प्रस्थान 21 : 17
17 “जसले आफ्नो बुबा वा आमालाई सराप्छ, त्यो मारिनैपर्छ।
प्रस्थान 21 : 15
15 “जसले आफ्नो बुबा वा आमालाई हिर्काउँछ, त्यो मारिनैपर्छ।
Leave a Reply