अन्याय

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अन्याय

हितोपदेश 17 : 15
15 दोषीलाई निर्दोष ठहराउने र निर्दोषलाई दोषी ठहराउने— ती दुवैलाई परमप्रभु घृणा गर्नुहुन्‍छ।

यर्मिया 22 : 3 – 5
3 परमप्रभु यसो भन्‍नुहुन्‍छ: जे उचित र ठीक छ, त्‍यो गर। लुटिएकोलाई अत्‍याचारीको हातबाट छुटाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि खराबी वा उपद्रव नगर, र यस ठाउँमा निर्दोषहरूको रगत नबगाओ।
4 किनकि यदि तिमीहरूले साँच्‍चै यी आज्ञाहरू होशियारीसित पालन गर्‍यौ भने, यस महलका यी मूल ढोकाहरूबाट आएर दाऊदको सिंहासनमा बस्‍ने राजाहरू रथ र घोड़ाहरूमा सवार भएर तिनका अधिकारीहरू र मानिसहरूका साथ प्रवेश गर्नेछन्‌।
5 तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्‍नुहुन्‍छ, म आफ्‍नो नाउँको शपथ खाएर भन्‍दछु कि यो महल नै भग्‍नावशेष पारिनेछ’।”

मीका 6 : 8
8 ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

उपदेशक 5 : 8
8 यदि तिमीले एउटा जिल्‍लामा गरीबहरूको अत्‍याचार भएको र तिनीहरूका न्‍याय र हक इन्‍कार भएको देख्‍यौ भने अचम्‍म नमान, किनभने हरेक अधिकारीमाथि अझ ठूलो अधिकारी खटाइएको हुन्‍छ, र तीभन्‍दा अझै ठूला अधिकारीहरूले तिनीहरूमाथि हेर-विचार गर्दछन्‌।

प्रस्‍थान 23 : 7
7 झूटा कुराबाट दूर बस। निरपराध र ईमानदारलाई प्राणदण्‍ड नदेओ, किनकि दोषीलाई म कहिल्‍यै निर्दोष ठहराउनेछैनँ।

भजनसंग्रह 43 : 1
1 हे मेरा परमेश्‍वर, मेरो निर्दोषता साबित गरिदिनुहोस्‌, र भक्तिहीन जातिको विरुद्ध मेरो पक्षमा बोलिदिनुहोस्‌। मलाई छल गर्ने र दुष्‍ट मानिसहरूबाट छुटाउनुहोस्‌।

सपन्‍याह 3 : 5
5 त्‍यसको बीचमा रहनुभएको परमप्रभु धर्मात्‍मा हुनुहुन्‍छ। उहाँ कुनै खराबी गर्नुहुन्‍न। उहाँले बिहानैपिच्‍छे न्‍याय गर्नुहुन्‍छ। प्रत्‍येक नयाँ दिन उहाँ चुक्‍नुहुन्‍न, तापनि अधर्मीलाई लाज लाग्‍दैन।

हितोपदेश 29 : 27
27 धर्मीले बेईमानलाई घृणा गर्छ, दुष्‍टले ईमानदारलाई घृणा गर्छ।

लेवीहरू 19 : 15
15 “‘तिमीहरूले अन्‍याय नगर। ठूलो होस्‌ वा सानो होस्, मान्‍छे हेरेर होइन, तर सबै मान्‍छेको उचित न्‍याय गर।

प्रस्‍थान 23 : 6
6 मुद्दामा गरीब मानिसको न्‍याय नखोस।

भजनसंग्रह 82 : 2
2 तिमीहरू कहिलेसम्‍म अन्‍यायीहरूको पक्ष लिइबस्‍छौ, र दुष्‍टहरूको ओड़ थाप्‍छौ? सेला

विलाप 3 : 34 – 36
34 देशका सबै कैदीहरूलाई खुट्टाले दल्‍ने,
35 सर्वोच्‍च परमेश्‍वरको सामुन्‍ने कुनै मानिसको हक मिच्‍ने,
36 कुनै मानिसलाई इन्‍साफदेखि वञ्‍चित गर्ने जस्‍ता कुराहरूलाई परमप्रभु हेर्न सक्‍नुहुन्‍न।

लूका 16 : 15
15 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूका सामुन्‍ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्‍वरले तिमीहरूका हृदय जान्‍नुहुन्‍छ, किनकि मानिसहरूका बीचमा जे उच्‍च गनिएको छ, परमेश्‍वरको दृष्‍टिमा त्‍यो तुच्‍छ ठहरिन्‍छ।

हितोपदेश 19 : 17
17 गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्‍यसले जे गरेको छ, त्‍यसको इनाम उहाँले त्‍यसलाई दिनुहुनेछ।

प्रस्‍थान 22 : 22
22 “विधवा अथवा टुहुराबाट फाइदा नलेओ।

प्रस्‍थान 23 : 1 – 3
1 झूटा गवाही नदेओ। दुष्‍टको साथ लागेर त्‍यसको निम्‍ति ईर्ष्‍यापूर्ण गवाह नबन।
2 खराबी गर्न भीड़सँग नलाग। मुद्दामा बहुमततिर लागी गवाही दिएर इन्‍साफ नबिगार।
3 गरीब भनेर उसको मुद्दामा पनपक्ष नगर।

अय्‍यूब 5 : 8 – 16
8 “तर यदि म भएको भए, म मेरो अर्जी परमेश्‍वरमा नै चढ़ाउने थिएँ, र मेरो मामिला उहाँकै सामुन्‍ने राख्‍नेथिएँ।
9 उहाँले महान्‌ र बुझ्‍न नसकिने कार्यहरू, अनगन्‍ती आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ।
10 उहाँले पृथ्‍वीमा पानी वर्षाउनुहुन्‍छ, र खेतहरूमा पानी पठाउनुहुन्‍छ।
11 उहाँले नम्रहरूलाई उच्‍च पार्नुहुन्‍छ, र शोक गर्नेहरूलाई सुरक्षामा उचाल्‍नुहुनेछ,
12 धूर्तहरूका युक्तिलाई उहाँले विफल गराउनुहुन्‍छ, अनि तिनीहरूले सफलता पाउँदैनन्‌।
13 उहाँले ज्ञानीहरूलाई तिनीहरूका चलाकीमा पक्रनुहुन्‍छ, र धूर्तहरूका योजना खलबल पारिदिनुहुन्‍छ।
14 तिनीहरूमाथि दिउँसै अन्‍धकार आइलाग्‍छन्, र मध्‍यदिनमा तिनीहरू रातमा झैँ छामेर हिँड्‌छन्‌।
15 उहाँले दरिद्रहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र कङ्गालीहरूलाई बलियाहरूका पन्‍जादेखि जोगाउनुहुन्‍छ।
16 यसैले गरीबहरूको आशा हुन्‍छ, र अन्‍यायले आफ्‍नो मुख बन्‍द गर्नेछ।

आमोस 5 : 11
11 तिमीहरू कङ्गालीलाई कुल्‍चन्‍छौ, र अन्‍न दिन तिनीहरूलाई करकाप गर्दछौ। यसैकारण ढुङ्गाका ठूला-ठूला घरहरू तिमीहरूले बनाए तापनि तिमीहरू तिनमा बस्‍नेछैनौ। तिमीहरूले लहलहाउँदो दाखबारी लगाए तापनि तिमीहरूले तिनका दाखमद्य पिउनेछैनौ।

लूका 16 : 10
10 “जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *