यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरले हामीलाई सिद्ध बनाउनुभयो
एफिसी 2 : 10
10 किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।
हितोपदेश 16 : 4
4 परमप्रभुले सबै कुरा उहाँको आफ्नै उद्देश्यका लागि बनाउनुहुन्छ, दुष्टलाई समेत विनाशको दिनको लागि उहाँले राख्नुभएको छ।
मत्ती 5 : 48
48 यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।”
हिब्रू 1 : 3
3 उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो।
रोमी 3 : 26
26 परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो।
हितोपदेश 28 : 26
26 आफैमा भरोसा राख्ने व्यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्ने सुरक्षित रहन्छ।
रोमी 3 : 9 – 10
9 उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्यजातिहरू दुवै पापको वशमा छन् भनी मैले दोष लगाइसकेको छु।
10 जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन,
Leave a Reply