अन्यजातिहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अन्यजातिहरू

यर्मिया 10 : 3
3 किनकि जाति-जातिहरूका रीतिथिति त व्‍यर्थ हुन्‌। उनीहरू वनमा एउटा रूख ढाल्‍छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्‍छ।

मत्ती 6 : 8
8 यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ।

मत्ती 6 : 32
32 किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ।

प्रेरित 14 : 16
16 उहाँले अघि बितिसकेका पुस्‍तामा सब जातिहरूलाई आ-आफ्‍नै रीतिअनुसार चल्‍न दिनुभयो।

प्रेरित 17 : 4
4 तिनीहरूमध्‍ये कति जना विश्‍वास गरेर पावल र सिलासतर्फ लागे। ठूलो संख्‍यामा ईश्‍वरभक्त ग्रीकहरू र कतिपय प्रमुख महिलाहरू पनि लागेका थिए।

प्रेरित 17 : 17
17 यसैकारण तिनले यहूदीहरू र ईश्‍वरभक्त जनहरूसँग सभाघरमा, र भेटिएका जतिसँग चाहिँ बजारमा दिनहुँ तर्क गर्थे।

प्रेरित 17 : 27
27 तिनीहरूले परमेश्‍वरलाई खोजून्, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान्‌ कि भन्‍ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न।

रोमी 1 : 32
32 यस्‍ता काम गर्नेहरू मृत्‍युको योग्‍य हुन्‍छन्‌ भन्‍ने परमेश्‍वरको धार्मिक-विधान जान्‍दाजान्‍दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्‍ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्‍छन्‌।

रोमी 2 : 15
15 व्‍यवस्‍थाले चाहेका कुराहरू आफ्‍ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्‍नै विवेकले पनि गवाही दिन्‍छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्‍याउँछन्, र कहिले समर्थन गर्छन्‌।

१ कोरिन्थी 10 : 20
20 त्‍यसो होइन, तर म यही भन्‍न लागिरहेछु, कि मूर्तिपूजकहरूले जो बलि चढ़ाउँछन्, त्‍यो परमेश्‍वरलाई होइन, तर भूतप्रेतलाई चढ़ाउँछन्, र तिमीहरू भूतप्रेतसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ।

१ कोरिन्थी 12 : 2
2 तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्‍नै नसक्‍ने मूर्तिहरूतिर बहकिएका थियौ।

गलाती 2 : 15
15 हामी जन्‍मैका यहूदी हौं, र अन्‍यजाति जस्‍तै पापी होइनौं,

एफिसी 2 : 12
12 याद राख, तिमीहरू त्‍यस बेला ख्रीष्‍टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ।

एफिसी 4 : 19
19 तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्‌।

एफिसी 5 : 12
12 किनकि तिनीहरूले गुप्‍तमा गरेका कामहरूका विषयमा भन्‍नु पनि शर्मको कुरो हो।

१ थेसलोनिकी 4 : 5
5 तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस।

उत्‍पत्ति 12 : 3
3 तँलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्‍वीका सबै कुलले आशिष्‌ पाउनेछन्‌।”

उत्‍पत्ति 12 : 5
5 अब्राम, तिनकी पत्‍नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्‍मा गरेका सबै धन-सम्‍पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्‍के, अनि त्‍यहाँ पुगे।

उत्‍पत्ति 22 : 18
18 तेरै सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌।”

उत्‍पत्ति 49 : 10
10 यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बीचबाट हट्‌नेछैन, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌। र जातिहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌।

व्यवस्था 32 : 21
21 जो ईश्‍वर होइन, त्‍यसको कारण तिनीहरूले मलाई डाही तुल्‍याए, तिनीहरूका व्‍यर्थका मूर्तिहरूद्वारा तिनीहरूले मलाई रीस उठाए। एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई डाही बनाउँछु, समझै नभएको एउटा जातिद्वारा तिनीहरूको रीस उठाउनेछु।

भजनसंग्रह 2 : 8
8 मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्‍याइदिनेछु, र समस्‍त पृथ्‍वी तिम्रो निजी सम्‍पत्ति तुल्‍याइदिनेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *