परमेश्वरले मानिसहरूलाई बोलाउनुहुन्छ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरले मानिसहरूलाई बोलाउनुहुन्छ

यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

२ पत्रुस 1 : 10 – 11
10 यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्‌नेछैनौ।
11 किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्‍त राज्‍यभित्र तिमीहरूलाई भव्‍य स्‍वागतसाथ प्रवेश मिल्‍नेछ।

रोमी 12 : 1 – 21
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।
3 किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌।
4 किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्‍छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,
5 त्‍यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्‍टमा एउटै शरीर हौं, र प्रत्‍येक एक-अर्काका अङ्ग हौं।
6 हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार,
7 सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,
8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
9 प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो।
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर।
11 जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।
12 आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।
13 सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।
14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।
15 आनन्‍द गर्नेहरूसँग आनन्‍द गर। रुनेहरूसँग रोओ।
16 एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्‍यै अहङ्कारी नहोओ।
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ।
18 हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिमीले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

प्रेरित 2 : 38 – 39
38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।
39 किनकि प्रतिज्ञा तिमीहरूका निम्‍ति, तिमीहरूका सन्‍तानको निम्‍ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्‍ति हो, प्रत्‍येक जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्‍छ।”

यूहन्‍ना 6 : 44
44 मलाई पठाउनुहुने पिताले खिँच्‍नुभएन भने कोही मकहाँ आउन सक्‍दैन, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।

एफिसी 2 : 1 – 10
1 तिमीहरू आफ्‍ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।
2 यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्‍तानमा अहिले काम गर्ने आत्‍माअनुसार तिमीहरू अघि एक पल्‍ट चल्‍दैथियौ।
3 तिनीमध्‍ये हामी सबै पनि शरीर र मनका इच्‍छा पूरा गरेर आफ्‍नो पापमय स्‍वभावका लालसामा अघि जिउँथ्‍यौं, र बाँकी मानिसजस्‍तै हामी स्‍वभावैले क्रोधका सन्‍तान थियौं।
4 तर परमेश्‍वर, जो कृपामा धनी हुनुहुन्‍छ, उहाँले आफ्‍नो महान्‌ प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो,
5 यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।
6 र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा ख्रीष्‍ट येशूसँग बसाल्‍नुभयो।
7 योचाहिँ ख्रीष्‍ट येशूमा हामीप्रति उहाँको दयामा आफ्‍नो अनुग्रहको असीम सम्‍पत्ति आउँदा युगहरूमा देखाउनलाई हो।
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

कलस्सी 1 : 13 – 14
13 उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ।
14 उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ।

लूका 9 : 1 – 2
1 तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्‍ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।
2 उहाँले तिनीहरूलाई परमेश्‍वरका राज्‍यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो।

मर्कूस 16 : 15
15 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

दानिएल 12 : 2 – 3
2 पृथ्‍वीको धूलोमा सुतेका भीड़हरू उठ्‌नेछन्, केही अनन्‍त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्‍त तिरस्‍कारको लागि।
3 बुद्धिमान्‌हरू आकाशको चमकजस्‍तै र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरूचाहिँ ताराहरूजस्‍तै सदासर्वदै चम्‍किरहनेछन्‌।

रोमी 3 : 23 – 25
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।
24 परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌।
25 परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगतद्वारा प्रायश्‍चितको बलिदान स्‍वरूप प्रस्‍तुत गर्नुभयो, जुन प्रायश्‍चित विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्‍वरले आफ्‍नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्‍वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्‍ता गर्नुभएको थिएन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *