यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्वतन्त्रता
लेवीहरू 25 : 10
10 पचासौँ वर्षलाई पवित्र मान्नू, र सारा देशका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। त्यो तिमीहरूका लागि पुनर्स्थापनको वर्ष होस्, र हरेक मानिस आफ्नो जग्गाजमिन र आफ्नो परिवारमा फर्कोस्।
यर्मिया 34 : 8
8 परमप्रभुको वचन यर्मियाकहाँ त्यस बेला आयो, जब सिदकियाह राजाले यरूशलेमका सबै मानिसहरूसित कमाराहरूका निम्ति छुटकाराको घोषणा गर्ने करार बाँधेका थिए।
यर्मिया 34 : 17
17 “यसकारण परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेका छैनौ, र आफ्ना स्वदेशी दाजुभाइलाई स्वतन्त्र पार्ने घोषणा गरेका छैनौ। यसकारण म अब तिमीहरूका निम्ति ‘स्वतन्त्रता’ घोषणा गर्छु— तिमीहरूलाई तरवार, रूढ़ी र अनिकालद्वारा मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु। म तिमीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति घृणित तुल्याउनेछु।
न्यायकर्ताहरू 17 : 6
6 त्यस बेला इस्राएलमा कुनै राजा थिएनन्, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्थ्यो त्यही गर्थ्यो।
न्यायकर्ताहरू 21 : 25
25 ती दिनमा इस्राएलमा कुनै राजा थिएन, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथ्यो।
यशैया 61 : 2
2 परमप्रभुको प्रसन्नताको वर्ष, र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन,
यशैया 63 : 4
4 किनकि बदला लिने दिन मेरो मनमा थियो, र मेरो उद्धारको वर्ष आएको छ।
लूका 4 : 19
19 र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ।”
यूहन्ना 8 : 33
33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तान हौं, र अहिलेसम्म कसैको दासत्वमा परेका छैनौं। ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी कसरी भन्छौ?”
यूहन्ना 8 : 36
36 यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ।
गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।
एफिसी 6 : 8
8 यो जानेर कि चाहे त्यो कमारा होस्, चाहे फुक्का, जसले असल काम गर्दछ, त्यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।
कलस्सी 3 : 11
11 यहाँ ग्रीक र यहूदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र फुक्काको भेद रहनेछैन, तर ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ।
Leave a Reply