अन्धकार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अन्धकार

यूहन्‍ना 1 : 5
5 त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।

१ यूहन्‍ना 1 : 5 – 7
5 जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन।
6 यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्‍छौं र अन्‍धकारमा नै हिँड्‌छौं भनेता, हामी झूट बोल्‍छौं र सत्‍यमा चल्‍दैनौं।
7 तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।

यूहन्‍ना 11 : 10
10 तर राती हिँड्‌डुल गर्नेलाई ठेस लाग्‍छ, किनभने त्‍यस मान्‍छेमा उज्‍यालो हुँदैन।”

लूका 1 : 79
79 र अन्‍धकार र मृत्‍युको छायामा बस्‍नेहरूलाई ज्‍योति मिल्‍नेछ, र हाम्रा पाउ शान्‍तिको बाटोतिर डोर्‍याइनेछन्‌।”

प्रेरित 26 : 18
18 कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्‍धकारबाट ज्‍योतितर्फ, र शैतानको शक्तिबाट परमेश्‍वरतर्फ फर्कून्‌। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन्‌ र ममाथिको विश्‍वासद्वारा पवित्र भएकाहरूको स्‍थान तिनीहरूले पनि पाउनेछन्‌।’

भजनसंग्रह 139 : 12
12 तापनि अन्‍धकार तपाईंको निम्‍ति अँध्‍यारो हुनेछैन, रात त दिनको उज्‍यालोजस्‍तै चम्‍कनेछ, किनभने अन्‍धकार तपाईंको निम्‍ति ज्‍योतिजस्‍तै हो।

यूहन्‍ना 3 : 19 – 21
19 फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए।
20 किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌।
21 सत्‍यद्वारा जिउने मानिस ज्‍योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्‍वरमा गरिएका हुन्‌ भन्‍ने प्रस्‍टै देखिन्‍छ।”

१ थेसलोनिकी 5 : 5
5 किनकि तिमीहरू सबै ज्‍योतिका सन्‍तान र दिनका सन्‍तान हौ। हामी रातका र अन्‍धकारका सन्‍तान होइनौं।

२ कोरिन्थी 6 : 14
14 अविश्‍वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्‍छ? अथवा अँध्‍यारोसँग उज्‍यालोको के सहभागिता?

यूहन्‍ना 8 : 12
12 येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म संसारको ज्‍योति हुँ। मलाई पछ्याउने अन्‍धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्‍यसले जीवनको ज्‍योति पाउनेछ।”

१ यूहन्‍ना 2 : 8 – 11
8 तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्‍दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्‍धकार बितिरहेछ, र साँचो ज्‍योति अघिदेखि नै चम्‍किरहेछ।
9 जसले आफू ज्‍योतिमा छु भनी भन्‍छ तर आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अझै पनि अन्‍धकारमा नै छ।
10 जसले आफ्‍नो भाइलाई प्रेम गर्छ, त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्‍यसमा ठक्‍करको कारण हुँदैन।
11 तर जसले आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अन्‍धकारमा हुन्‍छ, र अँध्‍यारोमा हिँड्‌छ, र त्‍यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्‍धकारले त्‍यसलाई अन्‍धो पारेको हुन्‍छ।

कलस्सी 1 : 13
13 उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ।

प्रकाश 9 : 2
2 त्‍यसले अतल कुण्‍ड खोल्‍यो, र त्‍यस कुण्‍डबाट आगोको ठूलो भट्टीबाट निस्‍केको धूवाँजस्‍तो आयो, र कुण्‍डको धूवाँले सूर्य र वायुमण्‍डल अँध्‍यारो पार्‍यो।

हिब्रू 12 : 18
18 तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्‍ड अग्‍नि, कालो बादल, घोर अन्‍धकार अथवा आँधीको नजिक पनि आएका छैनौ।

यशैया 50 : 10
10 तिमीहरूमध्‍ये कसले परमप्रभुको डर मान्‍छ र उहाँको दासका कुरा पालन गर्छ? ज्‍योतिविना अन्‍धकारमा हिँड्‌नेले परमप्रभुको नाउँमा भरोसा गरोस्‌ र आफ्‍ना परमेश्‍वरमा भर परोस्‌।

एफिसी 5 : 8
8 किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर,

मत्ती 8 : 12
12 तर राज्‍यका सन्‍तान बाहिरी अन्‍धकारमा फालिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

मत्ती 25 : 30
30 त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’

२ पत्रुस 2 : 4
4 स्‍वर्गदूतहरूले पाप गर्दा परमेश्‍वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्‍यायका दिनसम्‍मको निम्‍ति पातालको अन्‍धकारमा जकड़िराख्‍नुभयो।

उत्‍पत्ति 1 : 2
2 पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *