यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनुकरण
रोमी 11 : 11
11 यसकारण म सोध्दछु, “के लोट्नलाई तिनीहरूले ठक्कर खाएका हुन्?” कदापि होइन! तर इस्राएलको अपराधद्वारा अन्यजातिहरूमा मुक्ति आएको छ, ताकि इस्राएल पनि मुक्तिको निम्ति डाही बनोस्।
रोमी 11 : 14
14 यस आशामा कि मेरो आफ्नै यहूदी जातिलाई डाही बनाउन सकूँ, र तीमध्ये कसै-कसैलाई बचाउन सकूँ।
२ कोरिन्थी 8 : 8
8 मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ।
२ कोरिन्थी 9 : 5
5 यसकारण तिमीहरूले प्रतिज्ञा गरेका भेटीको प्रबन्ध अघिबाटै मिलाउनका निम्ति मभन्दा अघि भाइहरूलाई तिमीहरूकहाँ पठाउन मैले आवश्यक ठानें। यसैले यो भेटी करकापले होइन, तर राजीखुशीले दिइएको भेटीको रूपमा तयार होस्।
हिब्रू 10 : 24
24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं।
उत्पत्ति 28 : 9
9 तब एसाव इश्माएलकहाँ गए, र उनका आफ्ना पत्नीहरूबाहेक अब्राहामका छोरा इश्माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्नी पत्नी तुल्याएर ल्याए।
उत्पत्ति 30 : 24
24 तिनले त्यसको नाउँ योसेफ राखिन्। अनि तिनले भनिन्, “परमेश्वरले मलाई अर्को छोरो पनि देऊन्।”
Leave a Reply