अनिर्णय

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनिर्णय

१ राजाहरू 18 : 21
21 एलियाले मानिसहरूका अगि आएर भने, “तिमीहरू कहिलेसम्‍म दोधारमा बसिरहन्‍छौ? यदि परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्‍यसलाई पछ्याओ।” तर मानिसहरूले केही भनेनन्‌।

होशे 10 : 2
2 तिनीहरूको हृदय छली छ। अब तिनीहरूले आफ्‍नो दोषको दण्‍ड भोग्‍नैपर्छ। परमप्रभुले तिनीहरूका वेदीहरू नाश गर्नुहुनेछ, तिनीहरूका चोखा ढुङ्गाहरू नाश गरिदिनुहुन्‍छ।

मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।

मत्ती 26 : 41
41 जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।”

याकूब 1 : 8
8 किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।

प्रस्‍थान 14 : 15
15 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ किन मेरो पुकारा गर्छस्‌? इस्राएलीहरूलाई अगि बढ्‌ने आज्ञा दे।

यहोशू 7 : 10
10 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ्, तँ किन यसरी घोप्‍टो पर्छस्‌?

एस्‍तर 5 : 8
8 यदि मैले महाराजाको निगाह पाएकी छु, र यदि मैले मागेको कुरा दिनु र मैले चढ़ाएको बिन्‍ती पूरा गर्नु महाराजालाई असल लागे हजूर दुवैका निम्‍ति मैले तयार गरेको भोजमा हजूर महाराजा र हामान भोलि पनि आइबक्‍सिओस्‌। भोलि म महाराजालाई आफ्‍नो कुरा भन्‍नेछु।”

यूहन्‍ना 12 : 42
42 तरै पनि शासकहरूमध्‍ये धेरैले उहाँमाथि विश्‍वास गरे, तर फरिसीहरूको डरले गर्दा, र तिनीहरूले सभाघरबाट निकालिदिन्‍छन्‌ भन्‍ने डरले त्‍यो स्‍वीकार गरेनन्‌।

प्रेरित 24 : 25
25 पावलले धार्मिकता, संयम र भावी इन्‍साफको विषयमा बहस गर्दा फेलिक्‍स आत्तिए, र यसो भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *