यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनाचार
उत्पत्ति 19 : 30 – 36
30 लोत सोअरबाट निस्केर आफ्ना दुवै छोरीहरूका साथमा पहाड़मा गएर बस्न लागे, किनभने सोअरमा बस्न तिनी डराए। तिनी आफ्ना दुवै छोरीहरूसँग एउटा ओड़ारमा बस्न लागे।
31 एक दिन जेठीले कान्छीलाई भनी, “हाम्रा बुबा वृद्ध हुनुभएको छ। र संसारको रीतिबमोजिम हामीकहाँ आउने पृथ्वीमा कुनै मानिस छैन।
32 यसैले अब हामी आफ्ना बुबालाई मद्य खुवाएर उहाँसित सुतौं, र आफ्ना पिताबाट सन्तान खड़ा गरौं।”
33 त्यसै रात तिनीहरूले आफ्ना पितालाई दाखमद्य खुवाए, र जेठीचाहिँ आफ्ना पिताकहाँ गएर सुती। त्यो सुत्न आएकी र उठेर गएकी लोतलाई केही अत्तोपत्तो भएन।
34 भोलिपल्ट जेठीले कान्छीलाई भनी, “हेर्, हिजो राती म बुबासित सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं, र तँ गएर उहाँसित सुत्, र हामी आफ्ना पिताबाट सन्तान खड़ा गरौं।”
35 यसरी तिनीहरूले त्यस रात पनि आफ्ना पितालाई दाखमद्य खुवाए, र कान्छीचाहिँ गएर उहाँसित सुती। त्यो सुत्न आएकी र उठेर गएकी लोतलाई केही थाहै भएन।
36 यसरी लोतका दुवै छोरीहरू आफ्ना पिताबाट गर्भवती भए।
लेवीहरू 18 : 6 – 18
6 “‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको साइनो पर्नेसित सहवास नगरोस्। म परमप्रभु हुँ।
7 “‘तेरी आमासित सहवास गरेर आफ्ना बुबालाई शर्ममा नपार्। त्यो तेरी आमा हो। त्यससित तैंले सहवास नगर्।
8 “‘तैंले आफ्ना बुबाकी पत्नीसित सहवास नगर्। त्यसो गर्नाले तैंले आफ्ना बुबाको अपमान गर्छस्।
9 “‘तैंले आफ्नी साक्खै दिदी-बहिनी अथवा आफ्ना आमा वा बुबापट्टिकी झट्केली छोरीसित सहवास नगर्— त्यो आफ्नै घरमा होस् कि बाहिर जन्मेर बढ़ेकी होस्।
10 “‘आफ्नो छोरापट्टिकी होस् कि छोरीपट्टिकी होस्, तैंले आफ्नी नातिनीसित सहवास नगर्। त्यसबाट तैंले आफ्नै अपमान गर्नेछस्।
11 “‘तैंले आफ्नी सौतिनी आमापट्टिकी छोरीसित सहवास नगर्। त्यो तेरी बहिनी हो।
12 “‘तैंले आफ्नी फुपूसित सहवास नगर्। त्यो तेरा बुबाकी नजिककी नातेदार हो।
13 “‘तैंले आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्। त्यो तेरी आमाकी नजिककी नातेदार हो।
14 “‘तैंले तेरी बड़ी-आमा कि काकीसित सहवास गरेर आफ्ना बुबाका दाजुभाइको अपमान नगर्। त्यो तेरी बड़ी-आमा अथवा काकी हो।
15 “‘तैंले आफ्नी बुहारीसित सहवास नगर्। त्यो तेरो छोराकी पत्नी हो। तैंले त्यससित सहवास नगर्।
16 “‘तैंले आफ्नी भाउजू वा भाइबुहारीसित सहवास गरेर आफ्नो दाजुभाइको अपमान नगर्।
17 “‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित तैंले सहवास नगर्। अनि त्यसको छोरा अथवा छोरीपट्टिकी नातिनीसित पनि सहवास नगर्। तिनीहरू नजिकका नातेदार हुन्। त्यसो गर्नु दुष्टता हो।
18 “‘तैंले आफ्नी पत्नीकै जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्।
Leave a Reply