यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नकारात्मक सोच
फिलिप्पी 4 : 8 – 9
8 अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।
9 तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
२ कोरिन्थी 10 : 4 – 5
4 किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ।
5 परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
लूका 6 : 37
37 “अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।
१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
भजनसंग्रह 94 : 19
19 जब मेरो मनमा ज्यादा फिक्री भयो, तपाईंको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुल्यायो।
हिब्रू 4 : 12
12 किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
यूहन्ना 8 : 44
44 तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको सङ्कल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूट बोल्दछ, त्यो आफ्नै स्वभावअनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो।
हितोपदेश 4 : 23
23 सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।
प्रकाश 21 : 4
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”
लूका 16 : 19 – 31
19 “एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो।
20 उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावैघाउले भरिएको थियो।
21 त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे।
22 “त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो।
23 नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
24 अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु।’
25 “तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखैदुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्।
26 यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’
27 “उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्,
28 किनभने मेरा पाँच भाइ छन्, र त्यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्।’
29 “तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्।’
30 “तर उसले भन्यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्चात्ताप गर्नेछन्।’
31 “उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।”
गलाती 5 : 21
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
एफिसी 6 : 17
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
भजनसंग्रह 37 : 1 – 40
1 दाऊदको भजन [1] दुष्टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ,
2 किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्, र हरिया बिरुवाजस्तै ओइलिजानेछन्।
3 परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ।
4 परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।
5 आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ:
6 उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्योतिसमान र तिम्रो मामिलाको न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।
7 परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान।
8 रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्काउँछ।
9 किनकि कुकर्मीहरू बहिष्कृत हुनेछन्, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्।
10 अलिक बेरपछि दुष्टहरू रहनेछैनन्, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्।
11 तर नम्रहरूले देश अधिकार गर्नेछन्, र ठूलो शान्ति उपभोग गर्नेछन्।
12 दुष्टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्तछन्, र उनीहरूमाथि दाह्रा किट्दछन्,
13 तर प्रभुले तिनीहरूलाई हाँसोमा उड़ाइदिनुहुन्छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्नुहुन्छ।
14 दु:खी र कङ्गालीहरूलाई ढाल्न, र सत्यको बाटोमा हिँड्नेहरूलाई मार्न, दुष्टहरूले तरवार थुत्छन्, र धनुमा ताँदो चढ़ाउँछन्।
15 तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेड्नेछन्, र तिनीहरूका धनु भाँचिनेछन्।
16 धेरै दुष्टहरूका सम्पत्तिको प्रचुरताभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो।
17 किनकि दुष्टहरूका पाखुरा भाँचिनेछन्, तर धर्मीहरूलाई परमप्रभुले थामिराख्नुहुन्छ।
18 परमप्रभुले निर्दोष मानिसहरूको वास्ता गर्नुहुन्छ, र तिनीहरूको अधिकार सधैँभरि रहनेछ।
19 आपत्का दिनमा तिनीहरू लाजमा पर्नेछैनन्, र अनिकालका दिनमा तिनीहरूसँग प्रशस्त हुनेछ।
20 तर दुष्टहरू त नष्ट हुनेछन्, परमप्रभुका शत्रुहरूचाहिँ चउरको हरियालीजस्तै छन्, तिनीहरू लोप भइजानेछन्, धूवाँजस्तै तिनीहरू लोप हुनेछन्।
21 दुष्टहरूले ऋण लिन्छन्, र तिर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्छन्।
22 परमप्रभुबाट आशिष् पाउनेहरूले देशमाथि अधिकार गर्छन्, तर उहाँबाट श्राप पाउनेहरूचाहिँ पन्साइनेछन्।
23 यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसका पाइला दह्रिला पार्नुहुन्छ।
24 त्यसलाई ठेस लाग्यो भने पनि त्यो लोट्दैन, किनकि परमप्रभुले आफ्नो हातले समातेर त्यसलाई थाम्नुहुन्छ।
25 म जवान थिएँ, अब म वृद्ध भएको छु, तर धर्मी जनहरू त्यागिएका वा तिनका सन्तानले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैनँ।
26 तिनको मुट्ठी सधैँ उदार रहन्छ, र तिनले खुला रूपले पैँचो दिन्छन्, र तिनका सन्तानले आशिष् पाउनेछन्।
27 खराबीदेखि फर्केर अलग्ग बस र भलाइ गर, र तिमी सदासर्वदा देशमा बस्नेछौ।
28 किनकि परमप्रभु न्यायीलाई प्रेम गर्नुहुन्छ, र आफ्नो विश्वाशयोग्यहरूलाई उहाँले त्याग्नुहुन्न। तिनीहरू सधैँ सुरक्षित राखिनेछन्, तर दुष्टका सन्तान भने बहिष्कृत हुनेछन्।
29 धर्मीहरूले देश अधिकार गर्नेछन्, र त्यहाँ सधैँभरि वास गर्नेछन्।
30 धर्मी जनले ज्ञानको कुरा गर्छ, र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ।
31 त्यसको हृदयमा त्यसका परमेश्वरको व्यवस्था हुन्छ, त्यसका खुट्टा चिप्लँदैनन्।
32 धर्मी जनको हत्या गर्नलाई दुष्टहरू ढुकिबस्छन्।
33 तर परमप्रभुले धर्मी जनलाई तिनीहरूको शक्तिमा छोड्नुहुनेछैन, न त त्यसको न्याय हुँदाखेरि त्यसलाई दोषी ठहराउन दिनुहुन्छ।
34 परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड़। प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्टको विनाश तिम्रै आँखाले देख्नेछ।
35 मैले एक जना दुष्ट र अत्याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्तो थियो।
36 तर त्यो चाँड़ै मर्यो र रहेन। मैले खोजें, तर त्यो पाउन सकिएन।
37 निर्दोष मानिसलाई विचार गर, र सत्यनिष्ठ जनलाई हेर, किनभने शान्तिप्रिय मानिसको सन्तान हुन्छ।
38 तर अपराधीहरूचाहिँ सखापै हुनेछन्, दुष्टका सन्तानचाहिँ बहिष्कृत हुनेछन्।
39 धर्मी जनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्छ, दु:खको समयमा उहाँ नै तिनीहरूको शरणस्थान हुनुहुन्छ।
40 परमप्रभुले तिनीहरूलाई मदत गर्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ, उहाँले तिनीहरूलाई दुष्टबाट छुटाएर तिनीहरूलाई बचाउनुहुन्छ, किनभने तिनीहरूले उहाँको शरण लिन्छन्।
यशैया 26 : 3
3 जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ।
रोमी 10 : 4
4 किनभने विश्वास गर्ने धर्मी ठहरिओस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।
याकूब 3 : 14 – 15
14 तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर, र सत्यतालाई झूटा नबनाओ।
15 यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्मिक र शैतानिक हो।
Leave a Reply