यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनन्त सुरक्षा
यूहन्ना 10 : 27 – 29
27 “मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन्।
28 तिनीहरूलाई म अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।
29 मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्।
यूहन्ना 6 : 37
37 पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
यूहन्ना 10 : 28
28 तिनीहरूलाई म अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।
यूहन्ना 5 : 24
24 “साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन, तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ।
२ कोरिन्थी 1 : 22
22 उहाँले हामीमाथि आफ्नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ।
रोमी 11 : 29
29 किनभने परमेश्वरका वरदान र बोलावट अटल छन्।
एफिसी 2 : 8
8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—
१ यूहन्ना 5 : 13
13 तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु।
१ यूहन्ना 5 : 10 – 13
10 जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ, त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झूटा तुल्याएको हुन्छ। किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन।
11 गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ।
12 जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन।
13 तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु।
रोमी 8 : 34
34 दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ।
फिलिप्पी 1 : 6
6 मलाई यो दृढ़ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ।
रोमी 11 : 6
6 तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।
यूहन्ना 6 : 40
40 किनभने मेरा पिताको इच्छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस्, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।”
एफिसी 2 : 8 – 9
8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
रोमी 8 : 38 – 39
38 किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
39 उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।
प्रेरित 2 : 38 – 39
38 पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
39 किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”
१ यूहन्ना 2 : 19
19 तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।
यूहन्ना 3 : 36
36 जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।”
१ यूहन्ना 3 : 1 – 232
1 हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन।
2 प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौं, र हामी के होऔंला, सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौं, कि जब उहाँ प्रकट हुनुहुन्छ, तब हामी उहाँजस्तै हुनेछौं। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौं।
3 अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ, उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ।
4 पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ। पाप नै व्यवस्था भङ्ग हो।
5 पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ। र उहाँमा कुनै पाप छैन।
6 उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ।
7 साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ, ऊ धर्मी हो, जस्तो उहाँ धर्मी हुनुहुन्छ।
8 जसले पाप गर्छ त्यो दियाबलसको [1] हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो।
9 परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ, र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो।
10 परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो, यसैबाट प्रष्ट हुन्छ— जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन, र त्यो व्यक्ति पनि होइन, जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन।
11 तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।”
12 कयिनजस्तो नहोओ, जो दुष्ट थियो। उसले आफ्नो भाइको हत्या गर्यो। उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका आफ्ना कामहरू दुष्ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।
13 भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्म नमान।
14 हामी जान्दछौं, कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ।
15 आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारासँग अनन्त जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ।
16 प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूका निम्ति आफ्नो प्राण दिनुपर्छ।
17 कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?
18 मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं।
19 यसैबाट हामी जान्न सक्छौं कि हामी सत्यका हौं, र यसरी उहाँको सामुन्ने हाम्रा हृदयलाई ढाड़स दिन सक्छौं।
20 जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ, हामी जान्दछौं परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सब कुरा जान्नुहुन्छ।
21 प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ।
22 अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं।
23 अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ।
24 उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्छ।
Leave a Reply