धनी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धनी

नहेम्‍याह 5 : 13
13 त्‍यसपछि मैले मेरो खास्‍टोको छेउ टकटक्‍याएर भनें, “आफ्‍नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्‍पत्ति परमेश्‍वरले यसरी नै टकटक्‍याइदेऊन्। त्‍यसलाई यसरी नै टकटक्‍याएर रित्तो बनाइओस्‌।” यो भएपछि भेला भएका सबै मानिसहरूले भने, “आमेन,” र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। अनि तिनीहरूले आफ्‍नो प्रतिज्ञाअनुसार गरे।

अय्‍यूब 21 : 15
15 सर्वशक्तिमान्‌ को हो र हामी उहाँको आराधना गरौं? उहाँसँग प्रार्थना गरेर हामीले के पाउँछौं र?

अय्‍यूब 27 : 23
23 त्‍यसको पतनमा ताली बजाएको आवाज र त्‍यसको चारैतिर खिसीको सोर हुनेछन्‌।

अय्‍यूब 31 : 25
25 यदि मैले मेरो धन-सम्‍पत्तिमा र सम्‍पत्तिको बढ्‌तीमा रमाहट गरेको भए,

अय्‍यूब 31 : 28
28 ती ता इन्‍साफ गरिने योग्‍यका पाप हुनेथिए, किनभने स्‍वर्गमा हुनुहुने परमेश्‍वरको विरुद्धमा म अविश्‍वासी हुनेथिएँ।

भजनसंग्रह 49 : 18
18 त्‍यो बाँचुञ्‍जेल आफूलाई त्‍यसले धन्‍यको ठान्‍यो— कारण मानिसहरूले कोही मानिसको उन्‍नति हुँदा त्‍यसको प्रशंसा गर्छन्‌—

भजनसंग्रह 52 : 7
7 “हेर यो मानिस, जसले परमेश्‍वरलाई आफ्‍नो आश्रय बनाएन, तर आफ्‍ना धन-सम्‍पत्तिको प्रशस्‍ततामा भरोसा राख्‍यो, र अरूलाई विनाश गरी बलियो भयो।”

भजनसंग्रह 73 : 22
22 म यस्‍तो बेवकूफ र अबोध थिएँ, तपाईंको सामु म पशुतुल्‍य थिएँ।

हितोपदेश 14 : 20
20 आफ्‍नै छिमेकीहरूबाट समेत गरीबहरू त्‍यागिन्‍छन्, तर धनीका त धेरै मित्रहरू हुन्‍छन्‌।

हितोपदेश 18 : 11
11 धनीको सम्‍पत्ति नै तिनीहरूको लागि किल्‍लाबन्‍दी गरिएको सहर हो, तिनीहरू यसलाई चढ्‌नै नसकिने पर्खाल ठान्‍छन्‌।

हितोपदेश 18 : 23
23 गरीबले दयाको लागि बिन्‍तीभाउ गर्छ, तर धनी मानिसले रुखो जवाफ दिन्‍छ।

हितोपदेश 28 : 11
11 धनी मानिस आफ्‍नै नजरमा बुद्धिमान्‌ हुन सक्‍छ, तर विवेक भएको गरीब मानिसले त्‍यसलाई छर्लङ्गै देख्‍छ।

उपदेशक 5 : 14
14 अथवा कुनै दुर्भाग्‍यले त्‍यसले आफ्‍नो धन-सम्‍पत्ति गुमाएको थियो, र जब त्‍यसको छोरा भयो उसको निम्‍ति केही रहेन।

उपदेशक 5 : 20
20 त्‍यसले आफ्‍नो जीवनका दिनहरूको थोरै स्‍मरण गर्नेछ, किनभने परमेश्‍वरले त्‍यसलाई आफ्‍नो हृदयको आनन्‍दमा व्‍यस्‍त राख्‍नुहुनेछ।

यर्मिया 5 : 9
9 के म यी कुराका निम्‍ति तिनीहरूलाई सजाय नदिऊँ? के म यस्‍तो जातिमाथि बदला नलिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ।

यर्मिया 5 : 29
29 के यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिऊँ? अनि के यस्‍तो जातिमाथि म साटो नलिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ।

यर्मिया 9 : 23
23 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिमा घमण्‍ड नगरोस्, अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्‍ड नगरोस्, अथवा धनी मानिसले आफ्‍नो धनमा घमण्‍ड नगरोस्,

यर्मिया 17 : 11
11 आफूले नपारेका अण्‍डा ओथ्रने तित्रोजस्‍तै त्‍यो मानिस हो, जसले अन्‍यायसित धन कमाउँछ। त्‍यसको जीवनकालको आधा समयमा नै त्‍यस धनले त्‍यसलाई छोड्‌नेछ, र जीवनको शेषकालमा त्‍यो मूर्ख ठहर्नेछ।

यर्मिया 22 : 19
19 त्‍यसलाई एउटा गधा गाड़ेझैँ घिसार्दै ल्‍याएर यरूशलेमको मूल ढोकाको बाहिर त्‍यो फ्‍याँकिनेछ।”

इजकिएल 7 : 19
19 तिनीहरूले आफ्‍नो चाँदी सड़कहरूमा फालिदिनेछन्, र तिनीहरूको सुन अशुद्ध थोकजस्‍तो हुनेछ। परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्‍नेछैनन्‌। सुन र चाँदीले तिनीहरूले आफ्‍नो भोक मार्न वा पेट भर्न सक्‍नेछैनन्, किनभने तिनीहरूलाई पापमा पार्ने ठक्‍कर यही नै थियो।

इजकिएल 28 : 5
5 व्‍यापारमा ठूलो निपुणता देखाएर तैंले आफ्‍नो धन-सम्‍पत्ति बढ़ाएको छस्, र तेरो धन-सम्‍पत्तिको कारण तेरो हृदय घमण्‍डले फुलेको छ।

आमोस 6 : 6
6 तिमीहरू ठूला-ठूला कचौरामा दाखमद्य पिउँछौ, र सर्वोत्तम तेल लगाउँदछौ, तर योसेफको विनाशमा केही अफसोस गर्दैनौ।

मीका 6 : 12
12 त्‍यसका धनी मानिसहरू उपद्रवले भरिएका छन्‌। त्‍यसका मानिसहरू झूट बोल्‍छन्‌ र तिनीहरूका जिब्राहरूले छलका कुरा बोल्‍छन्‌।

सपन्‍याह 1 : 18
18 परमप्रभुका क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ। उहाँका डाहको आगोले सारा संसारै भस्‍म पारिनेछ, किनकि पृथ्‍वीमा बस्‍नेहरू सबैलाई उहाँले अचानक भस्‍म पार्नुहुनेछ।”

मत्ती 19 : 24
24 फेरि म तिमीहरूलाई भन्‍दछु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नुभन्‍दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।”

मर्कूस 10 : 27
27 येशूले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “मानिसहरूका निम्‍ति त यो असम्‍भव छ, तर परमेश्‍वरको लागि छैन, किनकि परमेश्‍वरको निम्‍ति सबै कुरा सम्‍भव हुन्‍छ।”

लूका 18 : 26
26 अनि सुन्‍नेहरूले भने, “तब कसको उद्धार हुन सक्‍छ त?”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *