यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दैनिक प्रस्ताव
प्रस्थान 29 : 42
42 “तिमीहरूका पुस्ता-पुस्ताका निम्ति परमप्रभुको सामुन्ने भेट हुने पालको ढोकानेर त्यो निरन्तरको होमबलि होस्। त्यही ठाउँमा म तँसित कुरा गर्नलाई तँसँग भेट गर्नेछु।
प्रस्थान 30 : 9
9 त्यस वेदीमा तैंले अरू किसिमको धूप, होमबलि, अन्नबलि नचढ़ाउनू, र अर्घ-बलि पनि नचढ़ाउनू।
गन्ती 28 : 8
8 दोस्रो थुमा बेलुकी चढ़ाउनू। बिहानजस्तो गरी अन्नबलि र त्यसको अर्घ-बलि चढ़ाउनू। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि हो।
एज्रा 3 : 6
6 परमप्रभुका भवनको जग हालसम्म बसालिएको नभए तापनि सातौँ महिनाको पहिलो दिनमा तिनीहरूले होमबलि चढ़ाउन सुरु गरे।
इजकिएल 46 : 15
15 यसरी बिहानैपिच्छे नियमित होमबलि गरी थुमा, अन्नबलि र तेल चढ़ाइनुपर्छ।
दानिएल 9 : 21
21 जसै म प्रार्थनामा नै थिएँ, पहिलेको दर्शनमा मैले देखेका मानिस, गब्रिएल, साँझका बलिदानको समयमा वेगसँग उड़ेर मकहाँ आए।
दानिएल 9 : 27
27 धेरै जनासित एक ‘सात’ [3] को लागि तिनले एउटा करारको सदर गर्नेछन्। ‘सात’ को बीचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन्। अनि मन्दिरको एक भागमा तिनले विनाशकारी घृणित थोक खड़ा गर्नेछन्, जबसम्म तिनीमाथि आदेश गरिएको अन्त खन्याइनेछैन।”
दानिएल 11 : 31
31 “त्यसको सशस्त्र सेना मन्दिरको किल्लालाई बिटुलो पार्न खड़ा हुनेछ र दैनिक बलिदान रोक्नेछ। त्यसपछि तिनीहरूले विनाशकारी घृणित थोकको स्थापना गर्नेछन्।
यूहन्ना 1 : 29
29 भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा!
यूहन्ना 1 : 36
36 उनले येशूलाई गइरहनुभएको देखेर भने, “हेर, परमेश्वरका थुमा!”
१ पत्रुस 1 : 19
19 तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ।
Leave a Reply