यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् देशभक्ति
व्यवस्था 26 : 11
11 तब जति असल-असल थोक परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई र तिमीहरूका परिवारलाई दिनुभएको छ, ती सबका निम्ति तिमीहरू, लेवीहरू र तिमीहरूसित बस्ने परदेशीहरूले पनि आनन्द मनाऊन्।
भजनसंग्रह 51 : 18
18 तपाईंको इच्छाअनुसार सियोनको भलाइ गर्नुहोस्। यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्।
भजनसंग्रह 85 : 13
13 धार्मिकताचाहिँ उहाँको अगिअगि जान्छ, र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।
भजनसंग्रह 122 : 7
7 तेरा पर्खालभित्र शान्ति होस्, र तेरा किल्लाहरूभित्र सुरक्षा।”
भजनसंग्रह 128 : 6
6 र तिमीले तिम्रा नाति-पनातिलाई देख्न पाऊ। इस्राएलमा शान्ति आओस्।
भजनसंग्रह 137 : 6
6 मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई मेरो सर्वश्रेष्ठ आनन्द नठानेको भए, मेरो जिब्रो तालुमा टाँसिजाओस्।
यशैया 62 : 1
1 सियोनको खातिर म चूप लाग्नेछैनँ। यरूशलेमको खातिर म चूपचाप बस्नेछैनँ, जबसम्म त्यसको धार्मिकता उषाको उज्यालोजस्तै र त्यसको मुक्ति राँकोझैँ चहकिलो बलिरहेको देखिँदैन।
यर्मिया 8 : 11
11 मेरो प्रजाको चोट साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्।
यर्मिया 8 : 22
22 के गिलादमा कुनै लेप छैन? के त्यहाँ कुनै वैद्य छैन? त्यसो हो भने मेरो प्रजाको चोट किन निको भएको छैन?
यर्मिया 9 : 2
2 मरुभूमिमा यात्रीहरू बस्नका निम्ति मेरो एउटा बस्ने ठाउँ भए त, म आफ्नो प्रजालाई छोड़ेर तिनीहरूबाट टाढ़ा जानेथिएँ। किनकि तिनीहरू सबै व्यभिचारी हुन्, विश्वासघातीको एक जमात।
हिब्रू 11 : 26
26 मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान् सम्पत्ति ठाने। किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए।
न्यायकर्ताहरू 5 : 20
20 ताराहरूले पनि आकाशदेखि लड़ाइँ गरे, ताराहरूले आ-आफ्ना चक्रबाट सीसरासँग लड़ाइँ गरे।
१ शमूएल 4 : 18
18 परमेश्वरका सन्दूकको विषयमा सुन्ने बित्तिकै ढोकाको छेउमा भएको आसनबाट एली पछिल्तिर लड़े, र उनको घाँटी भाँचिएर उनी मरे, किनभने उनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। उनी चालीस वर्षसम्म इस्राएलका अगुवा भएका थिए।
१ शमूएल 4 : 22
22 “इस्राएलबाट महिमा हरायो, किनभने परमेश्वरको सन्दूक खोसिएको छ,” त्यसले भनी।
२ शमूएल 10 : 12
12 साहस गर! हामी आफ्ना मानिसहरू र आफ्ना परमेश्वरका सहरहरूका निम्ति साहससित युद्ध गरौं। परमेश्वरको नजरमा जे ठीक छ उहाँले त्यही गर्नुहुनेछ।”
२ शमूएल 11 : 11
11 उरियाहले उत्तर दियो, “इस्राएल र यहूदा र सन्दूक पनि पालमा छन्, अनि मेरा स्वामी योआब र हजूरका अधिकृतहरू खुला मैदानमा पालमा छन्। म त कसरी खान र पिउन र मेरी पत्नीसित सुत्नलाई घरमा जाऊँ? हजूरको जीवनको शपथ खाएर भन्दछु, कि म त्यसो गर्न सक्दिनँ।”
१ राजाहरू 11 : 22
22 फारोले सोधे, “मेरो देशमा तिमीलाई केको अभाव भयो र तिमी आफ्नो देशमा फर्किजान चाहन्छौ?” हददले जवाफ दिए, “केही कुराको अभाव त छैन, तर बिन्ती छ, मलाई जान दिनुहोस्!”
Leave a Reply