देवदार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् देवदार

यशैया 9 : 10
10 “इँटहरू त ढलेका छन्, तर हामीहरू कुँदेका ढुङ्गाहरूले फेरि बनाउनेछौं। अञ्‍जीरका रूखहरू काटी ढालिएका छन्, तर हामी तिनका सट्टामा देवदारु लगाउनेछौं।”

२ इतिहास 1 : 15
15 राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह अनि देवदारुचाहिँ पहाड़का अञ्‍जीरसरह प्रशस्‍त तुल्‍याए।

२ इतिहास 2 : 4
4 अब मैले पनि परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्न र उहाँको सामुन्‍ने सुगन्‍धित धूप बाल्‍न, र अर्पण गरिएको रोटी नित्‍य लहर-लहर गरी राखेर चढ़ाउन, अनि बिहान, बेलुकी, शबाथ, औंसीको चाड़ र परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाड़हरूमा बलि चढ़ाउन त्‍यो मन्‍दिर उहाँको निम्‍ति समर्पण गर्न लागेको छु। इस्राएलको निम्‍ति यो एउटा अनन्‍तको विधि हो।

१ राजाहरू 5 : 10
10 यसरी सोलोमनले चाहेका सबै देवदारु र सल्‍लाका मूढ़ाहरू हीरामले पठाइदिए,

१ राजाहरू 9 : 11
11 सोलोमनले चाहेका सबै देवदारु र सल्‍लाका काठहरू र सुन हीरामले जुटाइदिएका थिए। यसैकारण सोलोमन राजाले हीरामलाई गालीलमा बीस वटा सहरहरू दिए।

२ इतिहास 2 : 16
16 तपाईंलाई चाहिएका सबै काठ हामी लेबनानमा ढाल्‍नेछौ, र मूढ़ाहरू बाँधेर योप्‍पासम्‍म बगाएर पठाइदिनेछौं। तपाईंले चाहिँ त्‍यहाँबाट यरूशलेमसम्‍म लाने बन्‍दोबस्‍त मिलाउनुहोला।”

एज्रा 3 : 7
7 तिनीहरूले डकर्मी र सिकर्मीहरूका निम्‍ति रुपियाँ अनि सीदोन र टुरोसवासीहरूलाई लेबनानबाट समुद्रको बाटो भएर योप्‍पासम्‍म देवदारुका काठहरू ल्‍याउन तेल र खाद्य दिए, किनभने तिनीहरूले फारसका राजा कोरेसबाट यसो गर्ने अनुमति पाएका थिए।

२ शमूएल 5 : 11
11 टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्‍ति एउटा महल बनाए।

१ इतिहास 17 : 1
1 आफ्‍नो महलमा बसेपछि दाऊदले नातान अगमवक्तालाई भने, “म त यहाँ देवदारुको घरमा बस्‍दैछु, तर परमप्रभुका करारको सन्‍दूकचाहिँ पालमा राखिएको छ।”

१ राजाहरू 7 : 2
2 तिनले सय हात लामो, पचास हात चौड़ा, तीस हात अल्‍गो, चार लहर देवदारुका स्‍तम्‍भ भएको, तिनका माथि देवदारुकै सत्तरी भएको लेबनानको वन भनिने महल बनाए।

इजकिएल 27 : 5
5 तिनीहरूले तेरा सबै काठपातहरू सेनीरका सल्‍लाका काठहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्‍तूल बनाउनलाई लेबनानको देवदारु लिए।

लेवीहरू 14 : 4
4 त्‍यसको निम्‍ति दुई वटा जिउँदो शुद्ध पक्षी, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागो ल्‍याउनू भनी पूजाहारीले आज्ञा देऊन्।

लेवीहरू 14 : 6
6 त्‍यो जिउँदो पक्षीलाई चाहिँ देवदारुको काठ, सिन्‍दूरे रङ्गको धागो र हिसपसमेत लिई त्‍यही माटोको भाँड़ामा भएको ताजा पानीमाथि मारिएको पक्षीको रगतमा तिनले चोपलून्‌।

लेवीहरू 14 : 52
52 तिनले चराको रगत, ताजा पानी, जिउँदो चरा, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागोले घरलाई शुद्ध पारून्‌।

गन्ती 19 : 6
6 तब पूजाहारीले देवदारुको काठ, हिसप, सिन्‍दूरे रङ्गको ऊन लिएर जलिरहेको कोरलीमा फालिदेओस्‌।

भजनसंग्रह 72 : 16
16 देशभरि अन्‍न भरिपूर्ण होस्‌, डाँड़ाका टाकुराहरूमा त्‍यो लहलह होस्‌। त्‍यसको फल लेबनानझैँ फस्‍टाओस्‌, त्‍यो जमिनको घाँसझैँ मौलाओस्‌।

भजनसंग्रह 92 : 12
12 धर्मीचाहिँ खजूरको बोटझैँ लहलह हुन्‍छ, तिनीहरू लेबनानको देवदारुजस्‍तै बढ्‌छन्‌,

यशैया 2 : 13
13 लेबनानका सारा अग्‍ला र उच्‍च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि,

यशैया 14 : 8
8 सल्‍लाका रूखहरू र लेबनानका देवदारुहरू तँलाई हेरी यसो भनेर रमाउँछन्, “तँ ढालिएकोदेखि यसो हामीलाई काट्‌न कोही रूख काट्‌ने आएको छैन।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *