दु:ख

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दु:ख

प्रेरित 9 : 16
16 किनकि मेरो नाउँको खातिर तिनले कति कष्‍ट भोग्‍नुपर्छ, सो म तिनलाई देखाउनेछु।”

रोमी 8 : 23
23 सृष्‍टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्‍माको पहिलो फल छ, सन्‍तानको रूपमा ग्रहण गरिनलाई, अर्थात्‌ हाम्रो देहको उद्धारको निम्‍ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।

रोमी 8 : 26
26 त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।

१ कोरिन्थी 4 : 13
13 हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाफ दिन्‍छौं। अहिलेसम्‍म हामी संसारका फोहोर र पृथ्‍वीका कसिङ्गर बनेका छौं।

२ कोरिन्थी 1 : 7
7 तिमीहरूका निम्‍ति हाम्रो आशा दृढ़ छ। किनकि हामी जान्‍दछौं, कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, त्‍यसरी नै हाम्रो सान्‍त्‍वनामा पनि तिमीहरू सहभागी हुनेछौ।

२ कोरिन्थी 4 : 18
18 हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।

फिलिप्पी 1 : 29
29 किनभने ख्रीष्‍टको निम्‍ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्‍वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्‍नुपर्छ,

फिलिप्पी 2 : 30
30 किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्‍टका कामको निम्‍ति तिनी मृत्‍युको मुखैमा पुगेका थिए।

फिलिप्पी 3 : 10
10 म उहाँलाई र उहाँको पुनरुत्‍थानको शक्ति जान्‍न सकूँ, र उहाँको मृत्‍युमा उहाँजस्‍तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ।

कलस्सी 1 : 24
24 अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्‍द मनाउँदछु, र ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात्‌ उहाँको मण्‍डलीको खातिर म आफ्‍नो देहमा पूरा गर्दछु।

२ थेसलोनिकी 1 : 5
5 परमेश्‍वरको धार्मिक इन्‍साफको साक्षी यही हो, कि तिमीहरू परमेश्‍वरका राज्‍यको योग्‍य ठहरिन सक, जसको निम्‍ति तिमीहरू दुःख भोगिरहेछौ।

२ तिमोथी 2 : 12
12 हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्‍य गर्नेछौं, हामीले उहाँलाई इन्‍कार गर्‍यौं भने, उहाँले पनि हामीलाई इन्‍कार गर्नुहुनेछ,

याकूब 5 : 10
10 भाइ हो, कष्‍ट-भोग र धैर्यको उदाहरण कस्‍तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्‍ने अगमवक्ताहरूलाई हेर।

१ पत्रुस 4 : 14
14 यदि ख्रीष्‍टको नाउँमा तिमीहरू निन्‍दित भयौ भने तिमीहरू धन्‍यका हौ। किनभने महिमाका र परमेश्‍वरका आत्‍मा तिमीहरूमाथि रहनुहुन्‍छ।

लूका 24 : 47
47 अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्‍चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ।

लूका 24 : 26
26 के ख्रीष्‍टले यी कष्‍टहरू भोग्‍नु र आफ्‍नो महिमामा प्रवेश गर्नु आवश्‍यक थिएन र?”

यूहन्‍ना 6 : 51
51 स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।”

यूहन्‍ना 10 : 11
11 म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ।

यूहन्‍ना 10 : 15
15 जसरी पिताले मलाई चिन्‍नुहुन्‍छ, म पितालाई चिन्‍छु, अनि म भेड़ाहरूका लागि आफ्‍नो प्राण अर्पण दिन्‍छु।

यूहन्‍ना 11 : 52
52 राष्‍ट्रको निम्‍ति मात्र तिनले यो भनेका थिएनन्, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्‍तानलाई एकसाथ जम्‍मा गर्नलाई यो भनिएको थियो।

रोमी 4 : 25
25 उहाँ हाम्रा अपराधहरूका निम्‍ति मारिनुभयो, र हामीलाई धर्मी तुल्‍याउनलाई जीवित पारिनुभयो।

रोमी 5 : 8
8 तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *