यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दाह्री
लेवीहरू 19 : 27
27 “‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, अनि आफ्नो दाह्रीका कुना-कुना नछाँट्नू।
इजकिएल 44 : 20
20 “‘तिनीहरूले आफ्ना केश मुड़ाउनुहुँदैन अथवा ती लामा बढ्न पनि दिनुहुँदैन, तर तिनीहरूले आफ्नो केश छोटो गरी काट्नुपर्छ।
लेवीहरू 21 : 5
5 “‘पूजाहारीहरूले शोकमा आफ्नो कपाल नखौरून्, दाह्रीका कुनाहरू नछाँटून् र आफ्नो शरीरमा कुनै चोट नपारून्।
यशैया 50 : 6
6 मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।
हितोपदेश 20 : 29
29 जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो।
इजकिएल 5 : 1
1 “अब हे मानिसको छोरो, एउटा लाग्ने तरवार ली, र त्यो हजामको छुराजस्तै प्रयोग गरेर त्यसले आफ्नो कपाल र दाह्री खौरी। त्यसपछि जोख्नलाई तराजू ली, र ती कपाललाई भाग-भाग गर्।
यर्मिया 9 : 26
26 अर्थात् मिश्रदेश, यहूदा, एदोम, अम्मोन, मोआब र मरुभूमि र टाढ़ा-टाढ़ाका ठाउँहरूमा बस्ने सबैलाई। किनकि यी सबै जातिहरू साँच्चै नै बेखतनाका हुन्, र इस्राएलका सारा घरानासित पनि हृदयमा बेखतना भएकाहरू हुन्।”
Leave a Reply