दाँत

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दाँत

हितोपदेश 10 : 26
26 सिर्काले दाँत कुँड़िए र धूवाँले आँखा पिरिएझैँ, अल्‍छी गर्ने मानिस आफूलाई पठाउनेको निम्‍ति त्‍यस्‍तै हुनेछ।

भजनसंग्रह 112 : 10
10 दुष्‍ट मानिस यो देखेर कुँड़िन्‍छ, त्‍यसले दाह्रा किट्‌नेछ, अनि नष्‍ट हुनेछ। दुष्‍ट मानिसको अभिलाषा निष्‍फल हुन्‍छ।

विलाप 2 : 16
16 तेरा सबै शत्रुहरू तँलाई मुख खोलेर गिल्‍ला गर्दछन्‌। तिनीहरूले तँलाई दाह्रा किटेर भन्‍छन्, “हामीले त्‍यसलाई नष्‍ट पार्‍यौं। अहा, यही दिन हेर्नलाई हामी पर्खिरहेका थियौं, हामीले बाँचेर यो हेर्न पायौं।”

मत्ती 8 : 12
12 तर राज्‍यका सन्‍तान बाहिरी अन्‍धकारमा फालिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

मत्ती 13 : 42
42 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।

मत्ती 13 : 50
50 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

मत्ती 22 : 13
13 “तब राजाले सेवकहरूलाई भने, ‘त्‍यसका हात-खुट्टा बाँधेर त्‍यसलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’

मत्ती 24 : 51
51 अनि मालिकले त्‍यसलाई कठोर दण्‍ड दिनेछ र त्‍यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

मत्ती 25 : 30
30 त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’

मर्कूस 9 : 18
18 जब यसले मेरो छोरालाई पक्रन्‍छ, त्‍यसलाई भूइँमा पछार्छ, र त्‍यसले मुखबाट फीँज काढ्‌छ, र त्‍यसले दाह्रा किट्‌न लाग्‍छ, र त्‍यो अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई त्‍यो भूतात्‍मा निकालिदेऊन्‌ भनी बिन्‍ती गरें, तर तिनीहरूले सकेनन्‌।”

लूका 13 : 28
28 “जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्‍यभित्र देख्‍नेछौ, अनि तिमीहरू आफैचाहिँ बाहिर फालिएका हुन्‍छौ, तब तिमीहरू विलाप गर्नेछौ र दाह्रा किट्‌नेछौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *