यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दस
उत्पत्ति 31 : 7
7 तापनि तिमीहरूका बुबाले मलाई ठग्नुभएको छ, र मेरो ज्याला दश पल्ट बदल्नुभएको छ। तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनुभएन।
लेवीहरू 26 : 26
26 म तिमीहरूको अन्न यति साह्रो घटाइदिनेछु कि एउटै घरको चुलोमा दश घरका आइमाईहरूले पकाउनेछन्, अनि पकाएर भाग लगाउँदा यति थोरै हुनेछ कि कसैलाई पनि पुग्नेछैन।
गन्ती 14 : 22
22 मिश्र र उजाड़-स्थानमा मेरा महिमा र आश्चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले
जकरिया 8 : 23
23 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “ती दिनमा सबै जाति-जातिबाट र सबै भाषा बोल्नेहरूमध्येबाट दश जना मानिसले एउटा यहूदीलाई लुगाको छेउ समातेर यसो भन्नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ’।”
Leave a Reply