यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् थोमस
मत्ती 10 : 3
3 फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस,
मर्कूस 3 : 18
18 अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, र थेदियस, सिमोन कनानी,
लूका 6 : 15
15 मत्ती र थोमा, अल्फयसका छोरा याकूब, र सिमोन, जो उग्रपन्थी भनिन्थे,
यूहन्ना 11 : 16
16 तब दिदुमस भनिने थोमाले आफ्ना सङ्गी-चेलाहरूलाई भने, “लौ, हामी पनि जाऔं, र उहाँसँगै मरौं।”
यूहन्ना 14 : 5
5 थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ, हामी जान्दैनौं, तब हामीले बाटो कसरी चिन्ने?”
यूहन्ना 20 : 24
24 येशू आउनुहुँदा बाह्र जनामध्ये एक जना, दिदुमस भन्ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्।
यूहन्ना 20 : 25
25 यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्यौं।” तर तिनले उनीहरूलाई भने, “जबसम्म म उहाँका हातमा कीलाहरूका डोब देख्दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्दिनँ, उहाँको कोखामा मेरो हात हाल्दिनँ, तबसम्म म विश्वास गर्नेछैनँ।”
यूहन्ना 20 : 29
29 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हौ? धन्य हुन् तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्वास गर्छन्।”
यूहन्ना 21 : 2
2 सिमोन पत्रुस, दिदुमस भन्ने थोमा, गालीलका काना नगरका नथानेल, जब्दियाका दुई छोराहरू र उहाँका चेलाहरूमध्ये अरू दुई जना एकसाथ थिए।
प्रेरित 1 : 14
14 कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे।
यूहन्ना 11 : 16
16 तब दिदुमस भनिने थोमाले आफ्ना सङ्गी-चेलाहरूलाई भने, “लौ, हामी पनि जाऔं, र उहाँसँगै मरौं।”
यूहन्ना 20 : 28
28 थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्वर!”
Leave a Reply