अतिक्रमण

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अतिक्रमण

२ शमूएल 15 : 12
12 अब्‍शालोमले बलिदान चढ़ाइरहँदा गीलोह सहरबाट दाऊदका सल्‍लाहकार गीलोनी अहीतोपेललाई पनि बोलाइपठाए। यो षड्‌यन्‍त्र खूब प्रबल हुँदैगयो, र अब्‍शालोमतर्फ लागेका मानिसहरूको संख्‍या पनि बढ्‌दैगयो।

१ राजाहरू 1 : 9
9 तब अदोनियाहले एन-रोगेलनेरको जोहेलेत भन्‍ने ढुङ्गामा भेड़ाहरू, गाई-गोरुहरू र पोसिएका बाछाहरू बलिदान चढ़ाए। उनले आफ्‍ना सबै राजकुमार भाइहरू र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्‍तो दिए,

१ राजाहरू 15 : 28
28 यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, र तिनीपछि राजा भए।

१ राजाहरू 16 : 10
10 यहूदाका राजा आसाको सत्ताईसौँ वर्षमा जिम्रीले भित्र पसेर तिनलाई हिर्काएर मारे। ती नै जिम्री तिनीपछि राजा भए।

२ राजाहरू 9 : 37
37 ईजेबेलको लाश यिजरेलको त्‍यही ठाउँमा मलझैँ पड़िरहनेछ, ताकि कसैले भन्‍न नसकोस्, ‘यो ईजेबेल हो’।”

२ राजाहरू 11 : 16
16 यसैले तिनी राजमहलका घोड़ाहरू पस्‍ने ठाउँमा पुग्‍दा तिनीहरूले तिनलाई समाते, र त्‍यहीँ नै तिनलाई मारे।

२ राजाहरू 15 : 10
10 याबेशका छोरा शल्‍लूमले जकरियाको विरुद्धमा षड्‌यन्‍त्र रचे। शल्‍लूमले तिनलाई मानिसहरूकै सामुन्‍ने आक्रमण गरेर मारे, र तिनीपछि राजा भए।

१ शमूएल 13 : 14
14 तर अब तपाईंको राज्‍य निरन्‍तर रहनेछैन। परमप्रभुले आफैले रुचाउनुभएको एक जना मानिस खोज्‍नुभएको छ, र तिनलाई नै आफ्‍ना प्रजाका अगुवा हुनलाई नियुक्त गर्नुभएको छ, किनभने तपाईंले परमप्रभुको आज्ञापालन गर्नुभएन।”

१ राजाहरू 2 : 27
27 यसैले सोलोमनले अबियाथारलाई परमप्रभुका पूजाहारीको कामबाट खारिज गरिदिए। यसरी नै शीलोमा एलीका घरानाको विषयमा परमप्रभुले दिनुभएको वचन पूरा भयो।

२ इतिहास 26 : 21
21 राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कोरी भए। तिनी अलग्‍गै घरमा कोरी भएर बस्‍न लागे। परमप्रभुको मन्‍दिरभित्र तिनी पस्‍न पाएनन्‌। राज्‍यका सबै कामकाजहरूबाट तिनलाई कार्य-मुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे, र राजप्रतिनिधि भएर राज्‍य चलाउन लागे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *