यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तिर्सथा
एज्रा 2 : 63
63 अनि राज्यपालले “ऊरीम” र “तुम्मीम” ले सेवा गर्ने कुनै एउटा पूजाहारी नहोउञ्जेल तिनीहरूलाई महापवित्र थोक खान मनाही गरे।
नहेम्याह 7 : 65
65 “ऊरीम” र “तुम्मीम” ले सेवा गर्ने कुनै एक जना पूजाहारी नहोउञ्जेल राज्यपालले तिनीहरूलाई कुनै पनि महापवित्र थोक खानलाई मनाही गरे।
नहेम्याह 7 : 70
70 परिवारका कोही मुखियाहरूले कामको निम्ति दान दिए। राज्यपालले भण्डारमा १,००० सुनका सिक्का, ५० कचौरा र पूजाहारीहरूले लाउने ५३० पोशाकहरू दिए।
नहेम्याह 8 : 9
9 तब राज्यपाल नहेम्याह, पूजाहारीशास्त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्यवस्थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए।
Leave a Reply