तिमीले जे रोप्छौ त्यही काट्छौ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तिमीले जे रोप्छौ त्यही काट्छौ

गलाती 6 : 7 – 8
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।
8 जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ।

गलाती 6 : 7
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।

अय्‍यूब 4 : 8
8 मैले देखेको छु, कि अधर्म जोत्‍ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन्‌।

लूका 6 : 38
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”

हितोपदेश 22 : 8
8 दुष्‍टता रोप्‍नेले सङ्कष्‍टको कटनी गर्छ, र त्‍यसको झोँकको लट्ठी नष्‍ट हुनेछ।

गलाती 6 : 7 – 9
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।
8 जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ।
9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।

मर्कूस 4 : 24
24 उहाँले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरू जे सुन्‍छौ, त्‍यसमा ध्‍यान देओ। किनकि जुन नापले तिमीहरू दिन्‍छौ त्‍यही नापमा तिमीहरूले पाउँछौ। र तिमीहरूलाई झन्‌ बढ़ी दिइनेछ।

यर्मिया 17 : 10
10 “हरेक मानिसलाई त्‍यसको चालअनुसार र त्‍यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्‍यसका मनको म जाँच गर्छु।”

गलाती 5 : 24 – 18

फिलिप्पी 2 : 3
3 स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान।

होशे 10 : 12 – 13
12 आफ्‍ना निम्‍ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर। तिमीहरूको बाँझो बारी जोत। किनकि परमप्रभुलाई खोज्‍ने समय अहिले हो, जबसम्‍म उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्‍टि खन्‍याउनुहुन्‍छ।
13 “तर तिमीहरूले त अधर्म रोपेका छौ। तिमीहरूले दुष्‍टताको कटनी गरेका छौ। तिमीहरूले छलको फल खाएका छौ। तिमीहरूले आफ्‍नै शक्तिमाथि भर परेका र आफ्‍नै योद्धाहरूमा भर परेका हुनाले,

भजनसंग्रह 1 : 1 – 6
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।
4 दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।
5 यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।
6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।

१ कोरिन्थी 9 : 7 – 12
7 आफ्‍नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्‍यसको फल खाँदैन? अथवा भेडाबाख्राका बथान पालेर कसले त्‍यसको दूध पिउँदैन?
8 के मानिसको दृष्‍टिकोणबाट मात्र म यो भन्‍दैछु र? अथवा के व्‍यवस्‍थाले पनि यही कुरा भन्‍दैन?
9 किनभने मोशाको व्‍यवस्‍थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्‍वर चिन्‍तित हुनुहुन्‍छ?
10 के उहाँले हाम्रो खातिर नै यो भन्‍नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्‍ने र दाइँ गर्नेले अन्‍नको केही हिस्‍सा पाउने आशामा नै जोत्‍छ र दाइँ गर्छ।
11 यदि हामीहरूले तिमीहरूका माझमा आत्‍मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्‍पत्तिको कटनी गर्‍यौ भने, के त्‍यो अति भयो र?
12 यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दाबी गर्छन्‌ भने के हाम्रो अझ बढ़ी हक छैन? तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौं, तर ख्रीष्‍टको सुसमाचारमा बाधा नपारौं भनेर बरु हामी सबै कुरा सहन्‍छौं।

२ कोरिन्थी 9 : 6
6 तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्‍तसँग छर्नेले प्रशस्‍तसँग कटनी गर्छ।

एफिसी 6 : 1 – 24
1 छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
2 आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
3 कि तिमीहरूलाई भलो होस्, र पृथ्‍वीमा तिमीहरू दीर्घायु होओ।
4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
5 कमारा हो, डर र कम्‍पसाथ साँचो हृदयले ख्रीष्‍टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।
6 मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्‍टका दासहरूझैँ साँचो हृदयले परमेश्‍वरको इच्‍छा पूरा गर।
7 मानिसहरूका निम्‍ति होइन, तर प्रभुको निम्‍ति जस्‍तै गरी सदिच्‍छाले सेवा गर,
8 यो जानेर कि चाहे त्‍यो कमारा होस्, चाहे फुक्‍का, जसले असल काम गर्दछ, त्‍यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।
9 मालिक हो, आफ्‍ना कमाराहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, र धम्‍की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्‍वर्गमा हुनुहुन्‍छ, र उहाँमा पक्षपात छैन।
10 अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।
13 यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।
14 यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16 साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।
19 मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ,
20 जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ।
21 म कस्‍तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस्‌ भनेर प्रिय भाइ र प्रभुमा विश्‍वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्‌।
22 हाम्रो हालचाल कस्‍तो छ तिमीहरूलाई थाहा होस्‌ र तिमीहरूका हृदयलाई प्रोत्‍साहन मिलोस्‌ भन्‍ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ।
23 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट दाजुभाइहरूलाई शान्‍ति र विश्‍वाससहितको प्रेम!
24 हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्‌।

गलाती 6 : 1 – 18
1 भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्‍यो भने तिमीहरू जो आत्‍मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्‍नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।
2 एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर।
3 किनकि कुनै मूल्‍य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्‍छ भने त्‍यसले आफैलाई धोका दिन्‍छ।
4 प्रत्‍येकले आफ्‍नै कामको जाँच गरोस्, तब मात्र त्‍यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्‍छ।
5 किनभने हरेकले आफ्‍नो भार आफै उठाउनुपर्छ।
6 वचनको शिक्षा पाउने हरेकले आफ्‍ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।
8 जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ।
9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।
10 यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌।
11 हेर, म कति ठूला-ठूला अक्षरहरूले आफ्‍नै हातले तिमीहरूलाई लेखिरहेछु।
12 ख्रीष्‍टका क्रूसको कारणले सतावटमा नपरून्‌ भनी बाहिरी तवरले सब ठीक देखिन चाहनेहरूले नै तिमीहरूलाई खतना गर्न कर लाउँछन्‌।
13 किनकि खतना गर्नेहरू आफै पनि व्‍यवस्‍था पालन गर्दैनन्, तर तिमीहरूको शरीरमा घमण्‍ड गर्नको निम्‍ति तिमीहरूले खतना गरेको तिनीहरू चाहन्‍छन्‌।
14 हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्‍ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्‍ड्याइएको छ।
15 न त खतनाको केही महत्त्व छ, न बेखतनाको, तर नयाँ सृष्‍टि नै सब थोक हो।
16 अब जो-जति यस नियममा चल्‍दछन्, तिनीहरूमाथि र परमेश्‍वरका इस्राएल जातिमाथि शान्‍ति र कृपा रहोस्‌।
17 अबदेखि उसो कसैले मलाई कष्‍ट नदेओस्, किनभने म आफ्‍नो शरीरमा येशूका डामहरू धारण गर्दछु।
18 भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग रहोस्‌। आमेन।

उत्‍पत्ति 8 : 22
22 “पृथ्‍वी रहुञ्‍जेल बीउ छर्ने र फसल काट्‌ने समय, जाडो र गर्मी, ग्रीष्‍म र शिशिर, र दिन र रातको अन्‍त हुनेछैन।”

२ कोरिन्थी 1 : 1 – 24
1 परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्‍थमा भएका परमेश्‍वरको मण्‍डलीलाई, [1] र साथै सारा अखैयामा भएका सबै सन्‍तहरूलाई:
2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति।
3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर तथा पिता, करुणामय पिता, र सबै सान्‍त्‍वनाका परमेश्‍वरलाई प्रशंसा होस्‌।
4 उहाँले हामीलाई सबै दुःखमा सान्‍त्‍वना दिनुहुन्‍छ, ताकि हामीले पनि परमेश्‍वरबाट पाएको त्‍यही सान्‍त्‍वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्‍त्‍वना दिन सकौं।
5 किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टमा प्रशस्‍त गरी सहभागी हुन्‍छौ, त्‍यसरी नै ख्रीष्‍टद्वारा सान्‍त्‍वनामा पनि प्रशस्‍त मात्रामा हामी सहभागी हुन्‍छौं।
6 हामीले दुःख पायौं भने यो तिमीहरूका सान्‍त्‍वना र उद्धारको निम्‍ति हो। हामीले सान्‍त्‍वना पायौं भने पनि त्‍यो तिमीहरूका सान्‍त्‍वनाको निम्‍ति हो। हामीले भोगेका त्‍यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्‍यही सान्‍त्‍वना अनुभव गर्छौ।
7 तिमीहरूका निम्‍ति हाम्रो आशा दृढ़ छ। किनकि हामी जान्‍दछौं, कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, त्‍यसरी नै हाम्रो सान्‍त्‍वनामा पनि तिमीहरू सहभागी हुनेछौ।
8 भाइ हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्‍ने किसिमले यति साह्रो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं।
9 हामीलाई त मृत्‍युदण्‍ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्‍वरमाथि हामी भर परौं भनेर यो हुन आयो।
10 उहाँले हामीलाई यस्‍तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ।
11 तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्‍युत्तरमा हामीलाई प्राप्‍त भएको आशिष्‌को निम्‍ति धेरैले हाम्रा पक्षमा धन्‍यवाद चढ़ाउनेछन्‌।
12 यस कुरामा हामी गर्व गर्छौं, अनि हाम्रो विवेकले पनि त्‍यसको गवाही दिन्‍छ, कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्‍बन्‍धमा हामी पवित्रता र ईश्‍वरीय सत्‍यतामा चलेका छौं, यो सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहबाट हो।
13 किनकि तिमीहरूले पढ्‌न र बुझ्‍न नसक्‍ने केही कुरा हामी तिमीहरूलाई लेख्‍दैनौं, र म आशा गर्दछु, कि तिमीहरूले पूर्ण रूपले बुझ्‍नेछौ,
14 कि जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, त्‍यसरी नै हाम्रा प्रभु येशूको दिनमा तिमीहरूले हामीलाई सम्‍पूर्ण प्रकारले बुझ्‍नेछौ, र तिमीहरू हाम्रा निम्‍ति गर्व गर्न सक्‍नेछौ, जसरी हामी तिमीहरूका निम्‍ति गर्व गर्न सक्‍नेछौं।
15 यो कुराको मलाई निश्‍चय भएको हुनाले, तिमीहरूलाई दोहोरो फाइदा होस्‌ भनेर तिमीहरूकहाँ पहिले आउने मैले इच्‍छा गरें।
16 माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्न र माकेडोनियाबाट तिमीहरूकहाँ फर्किआउने र त्‍यहाँबाट यहूदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्‍ने म चाहन्‍थे।
17 यो गर्न चाहँदा मैले अस्‍थिरता देखाएँ र? के मैले आफ्‍नो योजना बनाउँदा सांसारिक मानिसले जस्‍तो एउटै मुखले “हो” र “होइन” पनि भन्‍ने हुँ र?
18 परमेश्‍वर विश्‍वासयोग्‍य हुनुभएझैँ हाम्रो वचन पनि “हो” र “होइन” भएको छैन।
19 किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ।
20 किनकि परमेश्‍वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्‍छ। यसैकारण उहाँद्वारा परमेश्‍वरका महिमाको निम्‍ति हामी “आमेन” भन्‍छौं।
21 तर हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्‍वर नै हुनुहुन्‍छ।
22 उहाँले हामीमाथि आफ्‍नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।
23 परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ, कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्‍थमा आइनँ।
24 तिमीहरूको विश्‍वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्‍दको निम्‍ति तिमीहरूसँग मिलेर काम गर्छौं। किनकि आफ्‍नो विश्‍वासमा तिमीहरू स्‍थिर छौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *