तयारी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तयारी

१ पत्रुस 3 : 15
15 तर ख्रीष्‍टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर बस, तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर।

लूका 21 : 36
36 तर आइपर्ने यी सबै कुराहरूबाट उम्‍कन र मानिसको पुत्रको सामुन्‍ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”

रोमी 13 : 11
11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।

हितोपदेश 6 : 6 – 8
6 ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌!
7 त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,
8 तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ।

हितोपदेश 24 : 27
27 बाहिरको काम पूरा गर्, र आफ्‍नो खेतबारी तयार पार्, अनि त्‍यसपछि आफ्‍नो घर बना।

मत्ती 24 : 44
44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।

मत्ती 25 : 1 – 46
1 “तब स्‍वर्गको राज्‍य दश कन्‍याहरूसँग तुलना गर्न सकिन्‍छ। तिनीहरूले आ-आफ्‍नो बत्ती लिएर दुलहालाई भेट्‌न निस्‍के।
2 तीमध्‍ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए।
3 किनकि जब निर्बुद्धिहरूले आफ्‍ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्‌।
4 तर बुद्धिमतीहरूले चाहिँ आफ्‍ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे।
5 दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।
6 “तर मध्‍यरातमा ‘हेर दुलहा, उनलाई भेट्‌न आओ,’ भन्‍ने आवाज आयो।
7 “तब ती सबै कन्‍याहरू ब्‍यूँझे, र आ-आफ्‍नो बत्ती ठीकठाक पारे।
8 निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्‍न लागे।’
9 “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्‍ने यथेष्‍ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्‍नो लागि किन।’
10 “तिनीहरू किन्‍न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्‍द भयो।
11 “पछिबाट ती अरू कन्‍याहरू आइपुगे र यसो भन्‍न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्‌!’
12 “तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ।’
13 “यसकारण जागा रहो, किनकि त्‍यो दिन र त्‍यो घड़ी तिमीहरूलाई थाहा छैन।
14 “किनकि योचाहिँ कुनै मानिसजस्‍तो हो, जसले परदेश जाँदा आफ्‍ना नोकरहरूलाई बोलाई आफ्‍नो धन-सम्‍पत्ति तिनीहरूलाई जिम्‍मा दिए।
15 तिनले हरेकलाई तिनीहरूका आ-आफ्‍नो योग्‍यताअनुसार एउटालाई पाँच सुनका सिक्‍का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले।
16 तब पाँच सुनका सिक्‍का पाउनेले तुरुन्‍तै गएर त्‍यो व्‍यापारमा लगाईकन अरू पाँच सिक्‍का कमायो।
17 त्‍यसरी नै दुई सिक्‍का पाउनेले पनि अरू दुई कमायो।
18 तर एक सिक्‍का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्‍ना मालिकको धन लुकाइराख्‍यो।
19 “धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।
20 तब पाँच सुनका सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का ल्‍याई अगाडि आएर यसो भन्‍यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्‍काको जिम्‍मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्‍का कमाएको छु।’
21 “मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर! तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’
22 “दुई सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्‍का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्‍का कमाएको छु।’
23 “त्‍यसका मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर, तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’
24 “एक सुनको सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, नरोपेको जग्‍गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्‍ने तपाईं कठोर मानिस हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थियो।
25 यसैले मलाई डर लाग्‍यो, र गएर तपाईंको सिक्‍का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्‍का लिनुहोस्‌।’
26 “त्‍यसका मालिकले त्‍यसलाई जवाफ दिए, ‘ए दुष्‍ट, अल्‍छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्‍छु भनेर तैंले जानेको थिइस्‌ भने,
27 तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।
28 यसकारण त्‍यसबाट यो सिक्‍का खोस, र जससँग दश सिक्‍का छ त्‍यसलाई देओ।
29 किनभने जससँग छ त्‍यसलाई अरू दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।
30 त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’
31 “जब मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो महिमामा आउनेछ, तब ऊ आफ्‍नो महिमामय सिंहासनमा बस्‍नेछ।
32 र उसको सामुन्‍ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्‍यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ।
33 उसले भेड़ाहरूलाई आफ्‍नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्‍नेछ।
34 “तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍नेछ, ‘आओ, मेरा पिताका धन्‍यका हो! संसारको उत्‍पत्तिदेखि तिमीहरूका निम्‍ति तयार गरिएको राज्‍यलाई अधिकार गर।
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्‍त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्‍यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
37 “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्‍यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्‍यौं, र पिउन दियौं?
38 कहिले हामीले तपाईंलाई परदेशी देख्‍यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्‍यौं र वस्‍त्र लगाइदियौं?
39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंकहाँ आयौं?’
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ।’
41 “त्‍यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्‍नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्‍यसका दूतहरूका लागि तयार गरिएको अनन्‍तको आगोमा जाओ।
42 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।
43 म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्‍त्र लगाइदिएनौ, बिरामी र झ्‍यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’
44 “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्‍यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्‍यौं, वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंको सेवा गरेनौं?’
45 “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबैभन्‍दा सानाहरूमध्‍ये एक जनालाई जे-जति गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्‍ति गरेनौ।’
46 “तब यिनीहरू अनन्‍त दण्‍डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्‌’।”

हितोपदेश 22 : 3
3 बुद्धिमान्‌ले खतरा आइरहेको देख्‍छ र कतै शरण लिन्‍छ, तर सोझोचाहिँ त्‍यसैतिर जान्‍छ र दु:ख भोग्‍छ।

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

मत्ती 24 : 13
13 तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ।

मत्ती 24 : 36
36 “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।

मत्ती 24 : 42
42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।

हिब्रू 11 : 7
7 विश्‍वासद्वारा नोआले त्‍यति बेलासम्‍म अदेख रहेका घटनाका बारेमा परमेश्‍वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्‍नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्‍वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।

मत्ती 7 : 13 – 14
13 “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो सजिलो हुन्‍छ, र यसबाट भित्र पस्‍नेहरू धेरै हुन्‍छन्‌।
14 किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो हुन्‍छ र बाटो कठिन हुन्‍छ, जसले चाहिँ जीवनमा पुर्‍याउँछ, र त्‍यो भेट्टाउने थोरै नै हुन्‍छन्‌।

लूका 21 : 9 – 36
9 तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्‍नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्‍त्‍यचाहिँ तुरुन्‍तै हुनेछैन।”
10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राष्‍ट्र, राष्‍ट्रका विरुद्धमा, र राज्‍य, राज्‍यको विरुद्धमा उठ्‌नेछ।
11 भयङ्कर भूकम्‍पहरू हुनेछन्‌। विभिन्‍न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्‍हहरू हुनेछन्‌।
12 “तर यी सबै कुराहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रनेछन्, र सताउनेछन्, र तिमीहरूलाई सभाघरहरूमा सुम्‍पिदिनेछन्, र झ्‍यालखानमा हालिदिनेछन्‌। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुन्‍ने पुर्‍याउनेछन्‌।
13 तर तिमीहरूका लागि यो एउटा गवाही दिने अवसर हुनेछ।
14 यसकारण आफ्‍नो बचाउको निम्‍ति के भन्‍ने हो सो अघिबाट सोच्‍नेछैनौं भनी आफ्‍ना मनमा पक्‍का गर।
15 किनभने म तिमीहरूलाई यस्‍तो बोल्‍ने मुख र बुद्धि दिनेछु, कि तिमीहरूका विरोधीहरूले प्रत्‍युत्तर दिन सक्‍नेछैनन्, अनि खण्‍डन गर्न पनि सक्‍नेछैनन्‌।
16 तर तिमीहरूका आमा-बुबा र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन्, र तिमीहरूमध्‍ये कोही-कोहीलाई तिनीहरूले मार्नेछन्‌।
17 मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्‌।
18 तर तिमीहरूका शिरको एउटा केश पनि नष्‍ट हुनेछैन।
19 तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्‍नो प्राण प्राप्‍त गर्नेछौ।
20 “तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्‍छौ, तब त्‍यसको विनाश नजिकै आइपुगेको छ भन्‍ने जान।
21 तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌। सहरभित्र हुनेहरू बाहिर भागिजाऊन्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून्‌।
22 किनभने लेखिएका कुराहरू सबै पूरा हुनलाई यी प्रतिशोधका दिन हुनेछन्‌।
23 ती दिनमा गर्भवती र दूध खुवाउने स्‍त्रीहरूका निम्‍ति हाय! किनकि पृथ्‍वीमा ठूलो सङ्कष्‍ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ।
24 तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन्‌। अनि अन्‍यजातिहरूको समय पूरा नभएसम्‍म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्‍चेर राख्‍नेछन्‌।
25 “सूर्य, चन्‍द्र र ताराहरूमा चिन्‍ह देखा पर्नेछन्, र समुद्रको गर्जन र छालहरूले पृथ्‍वीका राष्‍ट्रहरू सङ्कष्‍टमा परी व्‍याकुल हुनेछन्‌।
26 संसारमा हुन आउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्‍छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्‌।
27 त्‍यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्‍नेछन्‌।
28 जब यी कुरा हुन थाल्‍छन्‌ तब खड़ा होओ र आफ्‍नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ।”
29 उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो: “अञ्‍जीरको रूख र सबै रूखहरूलाई हेर,
30 तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ, कि ग्रीष्‍म ऋतु नजिकै छ।
31 त्‍यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्‍छौ, तब परमेश्‍वरको राज्‍य नजिकै छ भनी जान।
32 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबै घटना पूरा नभएसम्‍म यो पुस्‍ता बितिजानेछैन।
33 आकाश र पृथ्‍वी बितिजानेछन्, तर मेरा वचन बित्‍नेछैनन्‌।
34 “तर तिमीहरू आफ्‍नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्‍कासि त्‍यो दिन पासोझैँ आइपर्ला।
35 किनकि यसरी नै सारा पृथ्‍वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ।
36 तर आइपर्ने यी सबै कुराहरूबाट उम्‍कन र मानिसको पुत्रको सामुन्‍ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”

इजकिएल 38 : 7
7 “‘तयार हो, तँ र तँसित मिल्‍नलाई जम्‍मा भएका सबै सैन्‍य-दलहरूलाई तयार राख्, र उनीहरूका फौजको जिम्‍मा लिएर तयार बस्‌।

यूहन्‍ना 16 : 33
33 मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्‍ति होस्‌। संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *