यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तयार हुँदै
१ पत्रुस 3 : 15
15 तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।
यूहन्ना 1 : 12
12 तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।
प्रकाश 19 : 7 – 9
7 हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्।
8 चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्।
9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।”
हितोपदेश 20 : 4
4 अल्छेले बेलामा जोत्दैन, त्यसकारण फसलको बेला त्यसले खोज्छ तर केही फेला पार्दैन।
Leave a Reply