तपाईंले सुरु गरेको कुरा समाप्त गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तपाईंले सुरु गरेको कुरा समाप्त गर्दै

२ कोरिन्थी 8 : 11
11 इच्‍छा गर्नमा तिमीहरूको जुन तत्‍परता थियो त्‍यसैमुताबिक आफ्‍नो औकातअनुसार दिएर यस कामलाई पूरा गर।

फिलिप्पी 1 : 6
6 मलाई यो दृढ़ विश्‍वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्‍टको दिनमा त्‍यो पूरा गर्नुहुनेछ।

प्रकाश 3 : 2
2 जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्‍वरको दृष्‍टिमा सिद्ध भएको भेट्टाएको छैनँ।

यूहन्‍ना 4 : 34
34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मलाई पठाउनुहुनेको इच्‍छाअनुसार गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो।

उपदेशक 7 : 8
8 कुनै कामको सुरुभन्‍दा त्‍यसको अन्‍त अझ असल हुन्‍छ। धैर्य धारण गर्नु अहङ्कारी हुनुभन्‍दा असल हुन्‍छ।

उत्‍पत्ति 2 : 1 – 3
1 यसरी आकाशमण्डल र पृथ्‍वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए।
2 आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्‍वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो।
3 अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्‍यसलाई पवित्र तुल्‍याउनुभयो, किनभने आफूले सृष्‍टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।

रोमी 8 : 18 – 25
18 म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।
19 सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।
20 सृष्‍टि व्‍यर्थताको वशमा पारियो, त्‍यसको आफ्‍नै इच्‍छाले होइन, तर उहाँको इच्‍छाले, जसले त्‍यसलाई वशमा पार्नुभयो, यसै आशामा,
21 कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइनेछ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्नेछ।
22 हामी जान्‍दछौं, सारा सृष्‍टि अहिलेसम्‍म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ।
23 सृष्‍टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्‍माको पहिलो फल छ, सन्‍तानको रूपमा ग्रहण गरिनलाई, अर्थात्‌ हाम्रो देहको उद्धारको निम्‍ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।
24 किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र?
25 तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्‍यसको प्रतीक्षा गर्छौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *